आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

प्रहरी कर्मचारीलाई ध्वनि चिकित्सा मार्फत योगा मेडिटेसन

शनिबार, १४ भदौ २०८२, ११ : ४०
शनिबार, १४ भदौ २०८२

सारांश

  • काठमाडौं उपत्यकामा कार्यरत ३५० प्रहरी कर्मचारीहरूलाई ध्वनि चिकित्सा मार्फत योगा मेडिटेसन गराइएको छ।
  • भृकुटी मण्डप र सशस्त्र प्रहरी गणमा योगा मेडिटेसनको आयोजना गरिएको थियो।
  • प्रहरी कर्मचारीलाई सकारात्मक विचार विकासका लागि योगा र ध्वनि चिकित्साको प्रशिक्षण दिइएको हो।

काठमाडौँ । काठमाडौँ उपत्यकामा कार्यरत प्रहरी कर्मचारीहरूलाई ध्वनि चिकित्सा मार्फत योगा मेडिटेसन गराइएको छ । उपत्यका प्रहरी कार्यालयको आयोजनामा भएको मेडिटेसनमा ३५० प्रहरी कर्मचारीले ध्वनिको माध्यमबाट योगा मेडिटेसनको लाभ लिएका छन् ।

भृकुटी मण्डप स्थित प्रहरी क्लब र सशस्त्र प्रहरी गण नम्बर–२ मा योगा मेडिटेसनको आयोजना गरिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) शेखर खनालले रातोपाटीलाई बताए ।

प्रहरीको आग्रहमा न्यु भिजन नेपाल र नेचुरल साउण्ड हिलिङ नामक संस्थाले प्रशिक्षण दिएका हुन् । प्रशिक्षकहरू अशोक शर्मा भट्ट, सवनम खड्गी, एलिस बन्जरा, कपिल बगाले, ईश्वर बगाले, पूजन भट्ट र हरि भट्टले प्रशिक्षण प्रदान गरेका हुन् ।

प्रहरी कर्मचारीमा सकारात्मक बिचार विकास, योगा, ध्यान र ध्वनि चिकित्सा उपचार विधि मार्फत लाभ प्रदान गर्ने प्रशिक्षकहरूलाई उपत्यका प्रहरी कार्यालयले प्रमाणपत्र प्रदान गरेको छ । उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा प्रशिक्षकहरूलाई प्रमाणपत्र प्रदान गरिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप