बाजुराको तलगाउँ पहिरोको जोखिममा
शनिबार, १४ भदौ २०८२, १२ : ०७
सारांश
- लगातारको वर्षाले बाजुराको बडीमालिका नगरपालिका-७ जिल्लीको तलगाउँमा पहिरो गएको छ।
- पहिरोका कारण गाउँका २० घर जोखिममा परेका छन्, जसमध्ये ८ घर तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्था छ।
- जिल्ला विपद् व्यवस्थापन समिति बाजुराका अनुसार बाजुरामा ५३ भन्दा बढी बस्ती पहिरोको जोखिममा छन्।
बाजुरा । लगातारको अविरल वर्षाका कारण पहिरो बग्न थालेपछि बस्ती नै जोखिममा परेको छ । पहिरोका कारण बडीमालिका नगरपालिका–७ जिल्लीको तलगाउँ उच्च जोखिममा रहेको वडा नं ७ का वडाध्यक्ष धर्मराज पाध्यायले बताए ।
यही भदौ ६ गते आएको वर्षाका कारण तलगाउँको तलपट्टीबाट पहिरो गएपछि गाउँका २० घर उच्च जोखिममा परेको उनको भनाइ छ । ‘पहिरोका कारण २० घरमध्ये आठ घर तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्था छ’, उनले भने ।
शुक्रबार वडाध्यक्ष पाध्यायको नेतृत्वमा गएको अनुगमन टोलीले २० परिवार जोखिममा रहेको र आठ परिवार स्थानान्तरण गर्नुपर्ने निष्कर्ष निकालेको अनुगमन टोली सदस्य तथा वडा सदस्य पार्वती जोशीले बताइन् । जिल्ला विपद् व्यवस्थापन समिति बाजुराका अनुसार जिल्लामा ५३ बढी बस्ती पहिराको उच्च जोखिममा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण