प्रधानमन्त्रीको चीन भ्रमण
राष्ट्रपति सीसँगको भेटवार्ता फलदायी भएको छ : प्रधानमन्त्री ओली
शनिबार, १४ भदौ २०८२, १६ : ५३
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटवार्ता फलदायी भएको बताए।
- भेटवार्तामा दुई देशबीचको सम्बन्ध र सहयोगका विषयमा छलफल भएको थियो।
- प्रधानमन्त्री ओलीले एससीओ शिखर सम्मेलनमा आमन्त्रण गरेकोमा राष्ट्रपति सीलाई धन्यवाद दिए।
बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटवार्ता फलदायी भएको बताएका छन् । शनिबार थियानजिन अतिथि गृहमा भएको भेटवार्तापछि प्रधानमन्त्री ओलीले लगातार दोस्रो वर्ष राष्ट्रपति सीलाई भेट्न र फलदायी द्विपक्षीय वार्ता गर्न पाउँदा खुसी लागेको बताएका हुन् ।
भेटवार्तामा दुई राष्ट्रबिचका विभिन्न मुद्दाहरूको प्रगतिबारे समीक्षा गरिएको र द्विपक्षीय सहयोग बढाउन सहमति भएको समेत प्रधानमन्त्री ओलीले बताएका छन् ।
प्रधानमन्त्री ओलीले एससीओ शिखर सम्मेलनमा आमन्त्रित गरेकोमा राष्ट्रपति सीलाई धन्यवाद समेत दिएका छन् । प्रधानमन्त्री आजै आफ्नो औपचारिक भ्रमणका सिलसिलामा चीन पुगेका थिए । उनीसँग नेपाल सरकारका मन्त्री तथा उच्च अधिकारीहरूको टोलीसमेत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण