पोर्चुगलमा सातौँ तमु कप २०२५ : विजेताले पाउनेछन् पाँच हजार एक सय युरो
लिस्बन । तमु समाज पोर्चुगलले आयोजना गर्ने सातौँ तमु कप–२०२५ आगामी ३१ अगस्टमा हुने भएको छ ।
लिस्बनस्थित भिटोरिया क्लब डि लिसोब्वा हुने उक्त प्रतियोगितामा ७ ए साइड ओपन विजेताले ५ हजार १ सय युरो पाउनेछन् । त्यस्तै ट्रफी र मेडल पनि पाउनेछन् । विजेतालाई दिइने पुरस्कार राशि अहिलेसम्मकै सबैभन्दा ठुलो रहेको आयोजकले बताएको छ ।
त्यस्तै उपविजेताले २ हजार ५०० युरो, ट्रफी र मेडल पाउनेछन् । त्यसैगरी भेट्रान ३५ का विजेताले १ हजार ५०० युरोसहित ट्रफी र मेडल पाउनेछन् भने यसका उपविजेताले भने ७ सय ५० युरोसहित ट्रफी र मेडल पाउनेछन् ।
यस प्रतियोगिताले नेपाली समुदायबिच खेलकुद, आपसी सद्भाव र भाइचारा बढाउने मात्र नभई समुदायमा नयाँ ऊर्जा र उत्साह पनि उत्पन्न गर्ने आयोजकले विश्वास लिएको छ । पोर्चुगलमै प्रख्यात रेस्टुरेन्ट दिवालो, नेपाली, पोर्चुगिज र भारतीय परिकारका लागि लोकप्रिय गन्तव्य हो । स्वादिष्ट खानेकुरासँगै, यस रेस्टुरेन्टले सामाजिक उत्तरदायित्वमा पनि अग्रणी भूमिका खेल्दै आएको छ ।
यसपटक दियालोले यस प्रतियोगितालाई ठुलो सहयोग दिएको छ, जसले प्रतियोगिताको महत्त्व र प्रभावलाई अझ बढाएको छ । आयोजक तमु (गुरुङ) समाज एसोसिएशन पोर्चुगलले यो प्रतियोगितामार्फत नेपाली खेलाडी र दर्शकहरूलाई एक ठाउँमा ल्याउने र खेलकुदको माध्यमबाट समुदायबिच एकता र आपसी सहयोगलाई प्रोत्साहित गर्ने उद्देश्य लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको महाधिवेशन स्थल जलमग्न (तस्बिरहरू)
-
हास्य कलाकार खेम शर्मा `चतुरे´को निधन
-
कालीगण्डकी किनारलाई धार्मिक–पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पदमार्ग निर्माण
-
इक्वेडर र कुरासाओ गोलरहित बराबरीमा रोकिए, दुवै टोलीको नकआउट चरण पुग्ने सम्भावना कठिन
-
पोखरा रङ्गशालामा सामूहिक योग कार्यक्रम (तस्बिरहरू)
-
‘ट्रिलिनेयर’हरुको युगमा लोकतन्त्र खतरामा छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण