संघीय निजामती सेवा विधेयकमा दुई वर्षको कुलिङ अफ पिरियड राख्ने सहमति
सारांश
- राष्ट्रिय सभाको समितिमा संघीय निजामती सेवा विधेयकमा दुई वर्षको कुलिङ अफ पिरियड राख्ने सहमति भएको छ।
- यसअघि प्रतिनिधिसभाबाट विधेयक पारित हुँदा कुलिङ अफ पिरियडमा परिवर्तन गरिएको थियो।
- समितिमा एमाले बाहेकका सांसदले दुई वर्षको कुलिङ अफ पिरियड राख्नुपर्ने बताएका थिए।
काठमाडौँ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा संघीय निजामती सेवा विधेयकमा दुई वर्षको कुलिङ अफ पिरियड राख्ने सहमति भएको छ ।
सिंहदरबारमा शनिबार बसेको समिति बैठकले सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल गर्ने क्रममा दुई वर्षको कुलिङ अफ पिरियड राख्ने बिषयमा सहमति जुटाएको हो । यसअघि प्रतिनिधिसभाबाट उक्त विधेयक पारित गर्ने क्रममा कुलिङ अफ पिरियडमा छेडखानी गरेको पाइएको थियो ।
कुलिङ अफ पिरियड नरहने आशयसहितको विधेयक प्रतिनिधिसभाबाट पारित भएपछि राष्ट्रियसभाबाट त्यसलाई सच्चाउनुपर्ने आवाज समेत उठेको थियो । विधायन व्यवस्थापन समितिमा एमाले बाहेकका दलका सांसदले दुई वर्षको कुलिङ अफ पिरियड राख्नुपर्ने बताएका थिए भने एमाले सांसदहरुले कुलिङ अफ पिरियडको अवधि कम गर्ने बिषयमा धारणा राखेका थिए ।
छलफलपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले कुलिङ अफ पिरियडमा सरकारको कुनै छुट्टै अडान नरहेको बताइन् । दुई वर्षको कुलिङ अफ पिरियड राख्दा तलका कर्मचारीलाई कुनै अप्ठेरो नहुने र सवैलाई एउटै अर्थ लाग्ने गरि भाषा मिलाउनुपर्ने उल्लेख गरिन् ।
समिति सभापति तुलसा कुमारी दहालले निजामती सेवा विधेयकमा दुई वर्षको कुलिङ अफ पिरियड राख्ने सहमति भएको जानकारी दिइन् । यस बिषयमा भाषा मिलाएर अन्तिम प्रतिवेदन निर्माणका क्रममा छलफल हुने उनले बताइन् ।
निजामति विधेयकमाथि आइतबार पनि दफावार छलफल हुने सभापति दहालले बताइन् । राष्ट्रियसभा पारित भएको खण्डमा उक्त विधेयकलाई भाद्र १९ गते पारित गर्ने प्रतिनिधिसभाको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण