भारतको एमिटी र नेपालको एमटीयू युनिभर्सिटीबिच एमओयू
विराटनगर । भारतको पटनास्थित एमिटी युनिभर्सिटी र कोशी प्रदेशको मनमोहन प्राविधिक विश्वविद्यालय (एमटीयू) बिच शैक्षिक तथा प्राविधिक सहकार्यका लागि सम्झौता भएको छ ।
एमिटी युनिभर्सिटीको स्कुल अफ ट्रेनिङ एन्ड लर्निङ र एमटीयूको स्कृल अफ एप्लाईड साईन्स टेक्नोलोजी एण्ड लबिच शैक्षिक तथा प्राविधिक सहकार्यका लागि सम्झौता भएको हो ।
गतहप्ता सम्पन्न सम्झौताअनुसार एमिटी र एमटीयूले आआफना शैक्षिक कार्यक्रम, अनुसन्धान, तालिम र विद्यार्थी आदान–प्रदानका क्षेत्रमा सहकार्य गर्नेछन् । विज्ञान, प्रविधि, इञ्जिनियरिङलगायत विषयमा संयुक्त परियोजना सञ्चालन, कार्यशाला, सेमिनार तथा इन्टर्नसिपमार्फत विद्यार्थीलाई व्यावहारिक अवसर दिने योजना आदानप्रदान हुनेछ ।
एमटीयूले नेपालका विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरको तालिम र अध्ययन–अनुसन्धानमा एमटीयूसँग जोडनेछ भने एमिटीले पाठ्यक्रम विकास, तालिम कार्यक्रम सञ्चालन तथा प्राविधिक स्रोत उपलब्ध गराउने जिम्मेवारी लिनेछ ।
सम्झौतापत्रमा एमटीयूको तर्फबाट रजिस्ट्रार डा दिलनाथ फुँयाल र इन्स्टिच्युट अफ लका प्रिन्सिपल कोषराज न्यौपाने र एमटियूको तर्फबाट कुल सचिव डा एनके यादव र कानुन विभाग अध्यक्ष डा राजिव रञ्जन झाले संयुक्त्त रूपमा हस्ताक्षर गरेका छन् ।
सम्झौता हस्तान्तरण कार्यक्रममा एमिटी तर्फबाट कुलपति प्रो. अर्चन ठाकुर, विधि विभाग प्रमुख प्रो. राजीव राय र विश्वविद्यालयका अन्य वरिष्ठ अधिकारी उपस्थित थिए । मनमोहन प्राविधिक विश्वविद्यालयतर्फ रजिस्ट्रार डा दिलनाथ फुयाल, प्रचार्य कोषराज न्यौपाने लगायतका पदाधिकारीहरूको उपस्थिति थियो ।
एमटीयूका रजिस्ट्रार डा दिलनाथ फुँयलका अनुसार सम्झौता प्रारम्भिक रूपमा ३ देखि ५ वर्षका लागि लागु हुनेछ र आपसी सहमतिमा नवीकरण पनि गर्न सकिनेछ । उनका अनुसार एमिटी युनिभर्सिटी पटना र नेपालको मनमोहन प्राविधिक विश्वविद्यालयबिच भएको शैक्षिक सहकार्यले अन्तर्राष्ट्रिय शैक्षिक सहयोग, विद्यार्थी आदान–प्रदान तथा शैक्षिक उत्कृष्टता बढाउने उद्देश्य पूरा गर्नेछ ।
कोशी प्रदेश सरकारले २०७६ सालमा स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यालयले छोटो समयमै अन्तराष्ट्रिय विश्वविद्यालयसँग शैक्षिक सहकार्य बढाउदै लगेको छ । यसअघि मनमोहनले भारत असामको गुहावटी विश्वविद्यालय, पश्चिम बंगाल युनिभर्सिटीसँग पनि शैक्षिक सहकार्यका लागि एमओयू गरिसकेको छ ।
यसबाहेक भारत, बंगलादेश र पाकिस्तानका विश्वविद्यालयका विज्ञहरूलाई स्रोत शिक्षकका रूपमा आमन्त्रण गरेर कक्षा सञ्चालन गराउन थालेको छ । गत महिना एमटीयूको कानुन संकायका विद्यार्थीहरूले एमिटी यूनिभर्सिटी भ्रमण गरेर भारतीय संविधान, कानुन र अदालतको न्याय सम्पादनको प्रक्रियाबारे जानकारी लिएका थिए ।
मनमोहनले दस वर्षभित्र दक्षिण एसियामा चिनिने प्राविधिक विश्वविद्यालय बन्ने लक्ष्य लिएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण