मधेस प्रदेशका मुख्यमन्त्री सिंह स्विट्जरल्याण्ड प्रस्थान
शनिबार, १४ भदौ २०८२, २१ : ०८
जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह स्विट्जरल्याण्डका लागि प्रस्थान गरेका छन् ।
उनी त्यहाँ आयोजना हुने एक कार्यक्रममा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका हुन् ।
मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार अवधेश झाले यही अगस्ट ३१ देखि सेप्टेम्बर ६ सम्म आयोजना हुने कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नुभएको जानकारी दिए । भ्रमणका क्रममा सङ्घीय प्रणालीअन्तर्गत अन्तर–सरकारी सहकार्यलगायत विषयमा छलफल, अन्तरराष्ट्रिय अनुभव आदान–प्रदान गर्ने कार्यक्रम रहेको छ ।
उनको अनुपस्थितिमा भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण