बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सत्र बुँदे घोषणापत्र जारी गर्दै ‘नेपाल–भारत क्रस बोर्डर मिडिया कन्क्लेभ’ सम्पन्न

शनिबार, १४ भदौ २०८२, २१ : १२
शनिबार, १४ भदौ २०८२

सारांश

  • मिडिया फर बोर्डर हार्माेनीले नेपाल-भारत क्रस बोर्डर मिडिया कन्क्लेभ २०२५ मा १७ बुँदे घोषणापत्र जारी गर्‍यो।
  • घोषणापत्रले दुवै देशका साझा मुद्दा खोज्ने र सरकारलाई सम्बोधनका लागि पहल गर्ने लक्ष्य राखेको छ।
  • कन्क्लेभले गलत सूचना र दुष्प्रचार रोक्न, नागरिकका समस्या उजागर गर्न र सम्बन्ध विस्तारमा जोड दियो।

पर्सा । मिडिया फर बोर्डर हार्माेनी, नेपालले आज आयोजना गरेको ‘नेपाल–भारत क्रस बोर्डर मिडिया कन्क्लेभ २०२५’ ले १७ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । कन्क्लेभको घोषणापत्र जारी गर्दै पत्रकार क्रान्ति शाहले कन्क्लेभले दुवै मुलुकबीचको साझा मुद्दा खोजी गरेर सार्वजनिक गर्ने र ती मुद्दा दुवै मुलुकका सरकार र सम्बन्धित निकायबाट सम्बोधनका लागि पहल गर्ने निष्कर्ष रहेको बताए । 

यस्तै, गलत सूचना र दुष्प्रचारको समस्याबाट मिडियालाई जोगाएर तथ्यपूर्ण ‘रिपोर्टिङ’का लागि सक्रिय हुने, दुवै देशका नागरिकका वास्तविक समस्यालाई उजागर गर्ने, समाजमा द्वन्द्व वा वैमनश्यता उत्पन्न हुनसक्ने विषयमा संवेदनशील बन्नेलगायत विषय घोषणापत्रमा समेटिएका छन् । 

कार्यक्रममा मधेस प्रदेश आमसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष श्यामसुन्दर यादवले यस्ता खालका रचनात्मक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनका लागि अनुरोध गरे ।  मिडिया फर बोर्डर हार्माेनी, भारतका अध्यक्ष अमरेन्द्र तिवारीले यस्ता खालका सम्मेलन आगामी दिनमा पनि नियमित रूपमा सञ्चालन गरेर दुवै मुलकबीच थप सम्बन्ध विस्तार गर्ने बताए । 

कार्यक्रममा खानेपानीमन्त्री प्रदिपकुमार यादवले नेपाल र भारतको सम्बन्धलाई अझै प्रगाढ बनाउँदै लैजाउनुपर्ने बताए । उनले कन्क्लेभले पारित गरेको घोषणापत्रले दुवै मुलुकबीच थप सम्बन्ध विस्तारको वातावरण बनाउन सहयोगी भूमिका निर्वाह गर्नुपर्ने बताए । 

    मन्त्री यादवले कतिपय भारतीय मिडियाले नेपाल र भारतबीचको सम्बन्धलाई बिगार्ने गरी विभिन्न खालका अफवाह फैलिने गरी समाचार सम्प्रेषण गर्दा समस्या हुनेतर्फ सहज रहन आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप