नेपाल ‘ए’ को लगातार दोस्रो जित
सारांश
- नेपाल 'ए' ले टी-२० शृङ्खलामा आसामविरुद्ध लगातार दोस्रो जित हासिल गर्यो, शनिबारको खेलमा ९ रनले विजयी भयो।
- आसामले १९७ रनको लक्ष्य पछ्याउँदै १८७ रनमा अलआउट भयो, आकाश चन्द, बसिर अहमद, विवेककुमार यादव र कमल सिंह ऐरीले २-२ विकेट लिए।
- सन्दीप जोराले ४८ बलमा ७४ रन बनाए भने आदिल आलमले १६ बलमा ३५ रन जोडे, नेपाल ए ले पहिले ब्याटिङ गर्दै १९६ रन बनाएको थियो।
काठमाडौँ । नेपाल ‘ए’ले टी-२० शृङ्खलामा आसामविरुद्ध लगातार दोस्रो जित हात पारेको छ । शनिबार भएको खेलमा टोली ९ रनले विजयी बनेको हो ।
१ सय ९७ रनको लक्ष्य लक्ष्य पछ्याएको आसामको टोलीले २० ओभरमा १ सय ८७ रन बनाउँदै अलआउट हुन पुग्यो । नेपालका लागि आकाश चन्द, बसिर अहमद, विवेककुमार यादव र कमल सिंह ऐरीले २–२ विकेट लिए ।
शृङ्खलामा नेपाल ए को लगातार दोस्रो जित हो । यसअघि शुक्रबार टोलीले आसामलाई ९६ रनले हराएको थियो । बिहीबार खेलिएको पहिलो खेलमा भने नेपाल डीएलएस मेथडका अनुसार १५ रनले पराजित हुन पुगेको थियो ।
आजको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ए ले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९६ रन बनाएको थियो । टोलीका लागि सन्दीप जोराले ४८ बलमा सर्वाधिक ७४ रन बनाए ।
त्यस्तै, आदिल आलमले १६ बलमा ३५ रन जोडे । तीर्थ दासले ३२ बलमा ३३ रन बनाए भने अनिल साहले २० बलमा ३१ रन जोडे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण