दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
आइतबार, १५ भदौ २०८२, ११ : ४७
सारांश
- मकवानपुरको थाहा नगरपालिकामा मोटरसाइकल अनियन्त्रित भई ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
- बिसङ्खेबाट टौखेलतर्फ आउँदै गरेको मोटरसाइकल ट्रकमा ठोक्किएको थियो।
- दुर्घटनामा गम्भीर घाइते भएका ३२ वर्षीय अमिर गोपालीको उपचारको क्रममा मृत्यु भएको हो।
हेटौँडा । मकवानपुरको थाहा नगरपालिका–१० टौखेलस्थित गणेशमान सिंह सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भई ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बिसङ्खेबाट टौखेलतर्फ आउँदै गरेको बाप्र६६प २३५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई तरकारी लोड गर्न रोकिराखिएको ना७ख ४२७६ नम्बरको ट्रकमा ठोक्किएर मोटरसाइकल चालक स्थानीय ३२ वर्षीय अमिर गोपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।
दुर्घटनामा परी गम्भीर घाइते गोपालीको उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण