घरायसी विवाद : सिन्धुलीमा छोराले गरे आमाको हत्या
हेटौँडा । सिन्धुलीमा एक छोराले आफ्नै आमाको हत्या गेका छन् । सिन्धुलीको दुधौली नगरपालिका–१४ भौडीमा एक युवकले आफ्नै आमाको हत्या गरेका हुन् ।
घरायसी विवादमा फमालको खन्ती प्रहार गरी ४० वर्षीय तुलाराज सुनुवारले आफ्नै आमाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीका अनुसार तुलाराजले आमा ६५ वर्षीया फालकुमारी सुनुवारको फलामको खन्ती प्रहार गरी हत्या गरेका हुन् ।
आइतबार बिहान करिब ११ः३० बजेको समयमा घरायसी विवादका क्रममा तुला राजले आमाको टाउको र छातीमा खन्तीले प्रहार गरेको प्रमुख सुवेदीले बताए । खन्ती प्रहारबाट फालकुमारीको घटनास्थलमै मृत्यु भएको थियो ।
प्रहरी चौकी दुधौलीबाट खटिएको प्रहरी टोलीले भाग्दै गरेको अवस्थामा तुलाराजलाई स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको थियो ।
थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय डकाहाबाट प्रहरी निरीक्षक सिमोन धितालको कमाण्डमा टोली घटनास्थलमा खटिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । मृतक फानलकुमारीलाई पोस्टमार्टमका लागि कटारी पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा नियमावलीविरुद्ध सर्वोच्च अदालतमा रिट
-
सभामुख अर्यालसँग भारतीय राजदूतको शिष्टाचार भेट
-
विश्वकप जित्ने मोरक्कोको सपना किन सम्भव देखिन्छ ?
-
सत्तापक्षकै सांसदले भने– राज्यकै लाचारीले जनता मिटर ब्याजको चङ्गुलमा परे
-
विरोधको शैली परिवर्तन गराउने सभामुखको प्रयास, तर विपक्षीलाई मनाउन सकेनन्
-
जाँचबुझ समितिले गर्यो संसदीय मर्यादा उल्लङ्घन भएको ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण