शिक्षा विधेयकविरूद्धको आन्दोलन : उपत्यकामा विद्यालय बससहित र्यालीको तयारी
सारांश
- निजी विद्यालय सङ्गठनहरूले शिक्षा विधेयकका प्रावधानको विरोध गर्दै सोमबार काठमाडौं उपत्यकामा विद्यालय बस र्याली गर्ने भएका छन्।
- प्याब्सन लगायतका सङ्गठनहरूले संयुक्त रूपमा र्यालीको आयोजना गर्दै विभिन्न रुटहरू निर्धारण गरेका छन्।
- आन्दोलनकारीहरूले भदौ १८ गतेसम्म माग पूरा नभए विद्यालय बन्द गर्ने चेतावनी दिएका छन्।
काठमाडौँ । शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिबाट पारित भएको शिक्षा विधेयकमा निजी विद्यालयविरुद्धका प्रावधान रहेको भन्दै निजी विद्यालय सङ्गठनहरूले सुरु गरेको आन्दोलन अन्तर्गत सोमबार काठमाडौँ उपत्यकामा विद्यालय बससहित र्याली गर्ने भएका छन् ।
प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा आयोजना गर्न लागिएको र्यालीका लागि बसहरूका रुट निर्धारण गरिएको आइतबार विज्ञप्तिमा जनाइएको छ ।
आन्दोलनका कार्यक्रमलाई सफल पार्न सातै प्रदेश, जिल्ला र पालिका तहका पदाधिकारी, सदस्य, सल्लाहकार तथा विद्यालय संस्थापक–प्रिन्सिपललाई आह्वान गरिएको छ ।
बस र्यालीका लागि निर्धारण गरिएका प्रमुख रुटहरूमा भक्तपुर, कागेश्वरी, पेप्सीकोला, तिनकुने, नरेफाट, जडीबुटी र बानेश्वरतर्फका विद्यालय बसहरू कोटेश्वरबाट सातदोबाटो हुँदै चक्रपथ परिक्रमा गर्ने तय भएको छ ।
यसैगरी ललितपुरका विद्यालय बसहरू सातदोबाटोबाट एकान्तकुना हुँदै चक्रपथ परिक्रमा गर्ने विज्ञप्तिमा उल्लेख छ ।
कीर्तिपुर, त्रिपुरेश्वर, टेकु र कालिमाटी क्षेत्रका विद्यालय बसहरू बल्खुबाट कलंकी हुँदै चक्रपथ परिक्रमा गर्ने, चन्द्रागिरी, थानकोट, स्यूचाटार र सोल्टीमोड क्षेत्रका विद्यालय बसहरू कलंकीबाट सितापाइला हुँदै चक्रपथ परिक्रमा गर्ने तय भएको छ ।
यसैगरी सितापाइला, स्वयम्भु र आसपासका बसहरू हलचोक प्रवेश गरी सानो भर्याङ हुँदै परिक्रमा गर्ने तय भएको छ ।
यसैगरी तारकेश्वर, सानो भर्याङ र हलचोक आसपासका विद्यालय बसहरू बालाजु हुँदै सामाखुशीबाट परिक्रमा गर्ने तथा टोखा, गोंगबु, ठमेल र सोह्रखुट्टेतर्फका विद्यालय बसहरू सामाखुशी हुँदै धापासीबाट चक्रपथ परिक्रमा गर्ने तय भएको छ ।
यसैगरी बुढानीलकण्ठ, महाराजगञ्ज, पानीपोखरी र वालुवाटार क्षेत्रका विद्यालय बसहरू नारायणगोपालचोक प्रवेश गरी चाबहिल हुँदै परिक्रमा गर्ने तथा कपन, जोरपाटी, गोकर्णेश्वर क्षेत्रका विद्यालय बसहरू चाबहिल हुँदै गौशाला भएर परिक्रमा गर्ने तय भएको छ ।
यसैगरी गौशाला, रातोपुल, बत्तीसपुतली, पुरानो बानेश्वर, मैतीदेवी क्षेत्रका विद्यालय बसहरू गौशाला हुँदै सिनामंगल–एयरपोर्टतर्फ परिक्रमा गर्ने तय भएको छ ।
सबै विद्यालय बस बिहान ठिक ११ः३० बजे तोकिएको स्थानमा उपस्थित हुने तथा बसहरूमा ब्यानर र कालो झण्डा राखिने जनाइएको छ ।
सबै बस घडी घुम्ने दिशामा चक्रपथ परिक्रमा गर्ने तथा व्यवस्थापनको जिम्मेवारी प्रदेश, जिल्ला र नगर अध्यक्षहरूलाई दिइएको विज्ञप्तिमा उल्लेख छ ।
यसैबिच भदौ १८ गतेसम्म माग सम्बोधन नभए अनिश्चितकालसम्मका लागि विद्यालय बन्द गर्ने चेतावनी दिइएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्मचारीले कार्यालय पोसाकमा खिचिएका फोटो/भिडियो सामाजिक सञ्जालमा राख्न नपाउने (आचारसंहिताको पूर्णपाठ)
-
फ्रान्ससँग भिडन्त अगाडि मोरक्कोलाई ठुलो धक्का
-
ठूला नदीमा बहाव सामान्य, साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम
-
गरुडा–कटहरिया सडक जीर्ण, तत्काल मर्मत नभए आवागमन ठप्प हुने चिन्ता
-
तीन दशकपछि पारिवारिक पुनर्मिलन भएपछि...
-
बालबालिकालाई सधैँका लागि प्रचुर मात्रामा तरकारी खाने बानी कसरी बसाल्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण