सुरुवाती अग्रता जोगाउन नसक्दा सिटी पराजित, ब्राइटनको पहिलो जित
काठमाडौँ । प्रिमियर लिग फुटबलअन्तर्गत आफ्नो तेस्रो खेलमा लिइएको सुरुवाती अग्रता जोगाउन नसक्दा म्यान्चेस्टर सिटी ब्राइटनसँग पराजित भएको छ ।
आइतबार भएको खेलमा सिटी ब्राइटनसँग २-१ गोल अन्तरले पराजित भएको हो । ब्राइटनको घरेलु मैदानमा भएको खेलमा सिटीले एर्लिङ हालान्डको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । हालान्डले खेलको ३४औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए ।
त्यसपछि ब्राइटनले दोस्रो हाफमा दुई गोल गर्न सफल भयो । दुवै गोल वैकल्पिक खेलाडीका रूपमा बेन्चबाट आएका खेलाडीले गरे । ब्राइटनका लागि खेलको ६७औं मिनेटमा जेम्स मिलनरले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई बराबरीमा ल्याएका थिए । त्यस्तै ८९औं मिनेटमा ब्रजन ग्रुडाले गोल गर्दै टिमलाई २-१ को जितसँगै सिजनको पहिलो जित पनि दिलाए ।
आजको जितसँगै ब्राइटनले ३ खेलबाट ४ अंक जोडेर तालिकाको १०औं स्थानमा छ । समान खेल खेलेको सिटी ३ अंक जोडेर तालिकाको १२औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी अरबमाथि हुथीद्वारा समुद्री नाकाबन्दी घोषणा
-
प्रोटोनको नयाँ विद्युतीय एसयूभी ‘ई.मास ५’ नेपालमा सार्वजनिक,मूल्य कति ?
-
सीजेपीको प्रदर्शनपछि अभिजीत दीपकेले समर्थकहरूसँग मागे माफी
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण