बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

नुवाकोट–धादिङ सडक जीर्ण, जोखिममा यात्रु

आइतबार, १५ भदौ २०८२, २२ : ००
आइतबार, १५ भदौ २०८२

धादिङ । नुवाकोटको केउरेनीबाट धादिङको गल्छी गाउँपालिका–१ फोस्टार, कोशीखोला हुँदै नीलकण्ठ नगरपालिका खाल्टे, सुनौलाबजार, धादिङबेसी र बगुवा हुँदै तारुका जोड्ने सडकको अवस्था दिनानुदिन जीर्ण बन्दै गएपछि यात्रुहरूले उच्च जोखिममा परेको गुनासो गरेका छन् ।

त्रिशुली नदी पार गरेर जाने यस मार्गका विभिन्न खण्ड भत्किँदा र समयमै मर्मत नहुँदा दुर्घटनाको खतरा बढेको स्थानीय बासिन्दा र यात्रुहरूले बताए । 

नुवाकोट र धादिङका ग्रामीण बस्तीहरूलाई जोड्ने यो सडक व्यापार, बजार आपूर्ति र आवतजावतका लागि महत्त्वपूर्ण मानिन्छ। तर लामो समयसम्म मर्मत नभएकाले यात्रुहरूको सुरक्षासँगै स्थानीयको जीविकोपार्जन पनि प्रभावित भएको छ ।

सोही क्षेत्रमा बस्ने स्थानीय नवीन राज ढुंगानाले यस सडकलाई नुवाकोट सदरमुकाम विदुर र सङ्घीय राजधानी काठमाडौँ पुग्ने छोटो दूरीको मार्गको रूपमा चिनिँदै आएको बताए ।

उनले भने, “समयमै मर्मतका लागि नीलकण्ठ नगरपालिका, गल्छी गाउँपालिका, बेलकोटगढी नगरपालिका, तार्केश्वर गाउँपालिका तथा प्रदेश सरकारसँग पटक–पटक आग्रह गरे पनि अहिलेसम्म ठोस निर्णय भएको छैन। ढिलासुस्ती भयो भने थप जनधनको क्षति हुनसक्छ, त्यसैले बेलैमा पहल गर्नुपर्छ।”

स्थानीयको गुनासोअनुसार समयमै पहल नहुँदा जोखिम झन् बढ्दो छ । सरोकारवालाले सडक मर्मत तथा सुरक्षाका उपाय तत्काल अपनाउनुपर्ने माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप