लिग कपको फाइनलमा मेस्सीको मियामी स्तब्ध
सोमबार, १६ भदौ २०८२, ०८ : ००
सारांश
- लिग कप २०२५ को फाइनलमा सिएटल साउन्डर्सले इन्टर मियामीलाई ३-० गोलले पराजित गर्यो।
- ओसाजे डी रोसारियोले २६ औं मिनेटमा सिएटलका लागि पहिलो गोल गरे।
- एलेक्स रोल्डान र पाउल रोथरकले गोल थप्दै सिएटलको जित सुनिश्चित गरे।
सियाटल । लिग कप २०२५ को फाइनलमा लियोनेल मेस्सीको इन्टर मियामीलाई हराउँदै सियाटल साउन्डर्सले उपाधिमाथि कब्जा जमाएको छ । सोमबार भएको खेलमा सियाटल ३–० गोलले विजयी बनेको हो ।
खेलको पहिलो हाफको २६ औँ मिनेटमा ओसाजे डी रोसारियोले गोल गर्दै सियाटललाई अग्रता दिलाएका थिए । ८४ औँ मिनेटमा एलेक्स रोल्डानले पेनाल्टीमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।
खेल सकिन एक मिनेट बाँकी छँदा पाउल रोथरकले अर्को गोल थप्दै टोलीको जीत सुनिश्चित गरे । खेल अवधिभर मियामीले बलमा नियन्त्रण बनाए पनि विपक्षीको पोस्टमा कुनै पनि उल्लेख्य आक्रमण गर्न सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
-
कोशी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
सेजमा भाडा नतिर्ने उद्योगलाई अन्तिम चेतावनी, एक साताभित्र बक्यौता नतिरे बिजुली–पानी काटिने
-
इरानमाथि अमेरिकाको लगातार नवौँ रात आक्रमण : कहाँ-कहाँ भयो हमला?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण