१० बैंकको लेखापरीक्षण गर्न राष्ट्र बैंकले दियो बंगलादेशी कम्पनीलाई पाँच महिनाको समय
सोमबार, १६ भदौ २०८२, ११ : १३
काठमाडौं । नेपालका ठूला १० वाणिज्य बैंकको ऋणको गुणस्तरको लेखापरीक्षण गर्ने जिम्मा पाएको बंगलादेशी कम्पनीले पाँच महिनाभित्र काम सम्पन्न गरिसक्नुपर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले बंगलादेशको हाउलाडार युनुस एण्ड कम्पनीलाई यसका लागि जनवरी अन्तिमसम्मको समय दिएको हो । यसका लागि गत बिहीबार राष्ट्र बैंक र कम्पनीबीच करार सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
उक्त कम्पनीले वाणिज्य बैंकको सम्पत्ति गुणस्तर परीक्षणका लागि २७१६७०.०५ अमेरिकी डलरमा गरेको प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेको थियो ।
मर्जर तथा प्राप्तिमा गएका ग्लोबल आईएमई बैंक, नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक र प्रभु बैंक, एनआईशी एसिया, एनएमबी, राष्ट्रिय वाणिज्य बैंकको पनि सम्पत्तिको गुणस्तर परीक्षण गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण