पहिरोले उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध
सारांश
- लगातारको वर्षाले सङ्खुवासभाको भोटखोला गाउँपालिका जाने सडक अवरुद्ध भएको छ।
- मकालु गाउँपालिका-३ सम्माटारनेता भिरमा पहिरो खसेपछि यातायात सेवा बन्द भएको छ।
- सडक मर्मतका लागि एक्साभेटर परिचालन गरिएको छ र भोटखोला गाउँपालिकासँगको सम्बन्ध टुटेको छ।
सङ्खुवासभा । लगातारको वर्षाले उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका जाने उत्तर दक्षिण सडक अवरुद्ध भएको छ ।
वर्षासँगै आएको पहिरोले उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत मकालु गाउँपालिका–३ सम्माटारनेता भिरमा पहिरो खसेपछि सडक अवरुद्ध भएको उत्तर दक्षिण सडक कार्यालयका सूचना अधिकारी इञ्जिनियर नरेश जिरेलले बताए । भोट खोला र मकालबीचमा पहिरोले सडक बगाएपछि यातयात सेवा अवरुद्ध भएको हो ।
उत्तर दक्षिण कोशी राजमार्गको मकालु–३ स्थित सम्माटार नेताभिरमा गएराति वर्षासँग आएको बाढीले करिब पाँच सय मिटरको सडक बगाएको सडक कार्यालयका सूचना अधिकारी जिरेलले बताए । पहिरो हटाउन सडक कार्यालयका दुई वटा एक्साभेटर परिचालन गरिएको सूचना अधिकारी जिरेलले बताए ।
माथिल्लो क्षेत्रमा अहिले पनि लगातार वर्षा भइरहेको छ । वर्षा नरोकिएसम्म पहिरो हटाउन सकिने अवस्थान भएको सडक कार्यालयका सूचना अधिकारी जिरेलले बताए ।
पहिरो हटाउन अझै कति दिन लाग्छ भन्ने यकिन भइनसकेको उनको भनाइ छ । पहिरो खसेपछि भोटखोलाबाट खाँदबारी आउने यातायातका साधन वारपार हुनसकेका छैनन् । खाँदबारीबाट गएका सवारीसाधन पनि बाटैमा अलपत्र परेका छन् ।
सडकखण्ड अवरुद्ध भएपछि मकालु गाउँपालिका केही वडा र भोटखोला गाउँपालिकामा यातायात सेवा बन्द भएको छ । सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिकासँगसम्बन्ध टुटेको छ । अहिले सदरमुकाम खाँदबारीबाट भोटखोला जाने यातायात मकालु गाउँपालिकाको फ्याक्सिन्दासम्म मात्रै चलेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले रच्यो ९६ वर्ष पुरानो इतिहास, अस्ट्रेलियालाई हराउँदै नकआउट चरणमा
-
डोटीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेस स्थापना
-
पोखराको लेकसाइडमा खानेपानी समस्या
-
जारी विश्वकपमा आत्मघाती गोलको सङ्ख्या ७ पुग्यो
-
पहिलो हाफमा अमेरिकाको दबदबा, अस्ट्रेलियाविरुद्ध २–० को अग्रता
-
हेटौँडाका उद्योगबाट चार करोड बक्यौता सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण