बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

एउटा सम्बन्ध बिग्रिएपछि कि मर्नु कि एक्लै जिन्दगीभर बस्नु भन्ने कसैले चाहँदैन : गणेश कार्की

सोमबार, १६ भदौ २०८२, १४ : ०४
सोमबार, १६ भदौ २०८२

सारांश

  • रास्वपाका केन्द्रीय सदस्य गणेश कार्कीले उम्मेदवार छनोट प्रक्रियामा ध्यान दिन नेतृत्वलाई आग्रह गरे।
  • उनले उम्मेदवार छनोट लोकतान्त्रिक र प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिँदै यसले नेपालको राजनीतिमा सकारात्मक प्रभाव पार्ने बताए।
  • कार्कीले डा. लेखजंग थापाको बहुविवाहबारे पनि टिप्पणी गर्दै कानुनी रूपमा सम्बन्ध विच्छेद भए व्यक्तिगत विषय हुने बताए।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले उम्मेदवार छनोट प्रक्रियामा ध्यान पुर्‍याउन नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

रुपन्देही–३ मा उम्मेदवार छनोट प्रक्रियालाई लिएर पार्टीमाथि विभिन्न प्रश्न उठिरहेको बेला कार्कीले सकेसम्म लोकतान्त्रिक र प्रतिस्पर्धी बनाएर निखारता ल्याउन सकिएमा रास्वपालाई मात्र होइन नेपालको राजनीतिलाई नै सकारात्मक प्रभाव पर्ने भएकाले नेतृत्वको ध्यानाकर्षण गराएका हुन् । 

कार्कीले सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेखको छन्– ‘उम्मेदवार छनौटको प्रक्रियालाई सकेसम्म लोकतान्त्रिक र प्रतिस्पर्धी बनाउनेमा पार्टीले परिश्रम गरिरहेको छ । त्यसमा निखार आयो भने रास्वपालाई मात्र होइन, नेपालको राजनीतिलाई नै सकारात्मक प्रभाव पार्नेछ । सोप्रति पनि ध्यान पुर्‍याउन आग्रह गर्छु । 

पार्टीको समानुपातिक सांसद छनोट गर्दा १२ क्लस्टरमा चुनाव भएर नतिजा निकालिएको स्मरण गर्दै उनले पछि सांसद छान्दा ६ क्लस्टर बनाएर आफैँ धपाइएको बताएका छन् । 

‘मैले पटक पटक दोहोर्‍याइरहेको तथ्य हो, पार्टीको समानुपातिक सांसद छनौट १२ क्लस्टरमा चुनाव भएर नतिजा निकालिएको थियो । पछि सांसद छान्दा ६ क्लस्टर बनाइयो र म धपाइएँ’, उनले स्मरण गरे । 

यसपटक आफू अलग्गै रहेर उम्मेदवार छनौटको प्रक्रिया चासोका साथ हेरिरहेको र प्रक्रियामा कुनै त्रुटि भएको जस्तो उनको बुझाइ छ । 

‘यद्यपि केही कमजोरी भएका हुन सक्छन्, जसको छानबिन र निष्कर्ष आवश्यक छ । पहिलेको समानुपातिक सांसद छनौटको विवाद पनि समाधानमा पुगेन, जुनबेला बेला भिन्न स्वरूपमा कच्पल्टिरहन्छ’, उनले लेखेका छन्, ‘यसले नयाँ प्रणाली निर्माणमा शंका बढाउँछ । त्रुटि हुने वा भएको आशङ्का हुने तर त्यसको निरूपण नहुने हो भने ती थुप्रिँदै गएर थामी नसक्नुका बन्छन् ।’ 

यस्तै रास्वपाबाट छानिएका उम्मेदवार डा. लेखजंग थापाको बहुविवाहको विषयमा पहिलेको श्रीमतीसँग छोडपत्र भइसकेको तर सम्बन्ध चैँ अहिले पनि सुमधुर रहेको भन्ने जानकारी प्राप्त गरेको स्पष्ट पारेका छन् । कानुनी रूपमा सम्बन्ध विच्छेद भएको भए अन्य त व्यक्तिगत र पारिवारिक सन्दर्भको विषय भएको उनले उल्लेख गरेका छन् । 

‘एउटा सम्बन्ध बिग्रिएपछि कि मर्नु कि एक्लै जिन्दगीभर बस्नु भन्ने कसैले पनि चाहँदैन भन्ने मानेको छु’, उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप