एन्जल लर्ड र बागमतीलाई टाइमलाइन बास्केटबल उपाधि
सारांश
- एन्जल लर्ड एकेडेमी र बागमती बोर्डिङ स्कुलले दोस्रो टाइमलाइन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जिते।
- ब्वाइज फाइनलमा एन्जल लर्डले नेमोनिक मोर्डन एकेडेमीलाई पराजित गर्यो भने गर्ल्समा बागमतीले नेमोनिकलाई हरायो।
- प्रतियोगितामा उत्कृष्ट खेलाडी र अन्य विधामा विजेताहरूलाई पुरस्कार वितरण गरियो।
काठमाडौँ । एन्जल लर्ड एकेडेमी र बागमती बोर्डिङ स्कुलले दोश्रो टाइमलाइन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् ।
गोकर्णेश्वर नगरपालिका ५, नयाँबस्तीस्थित आयोजक टाइमलाइन स्कुलको कोर्टमा भएको ब्वाइजको फाइनलमा एन्जल लर्डले नेमोनिक मोर्डन एकेडेमीलाई ४९–४२ ले पराजित गर्यो । एन्जल लर्डको जितमा अभय गुरुङले २२ अङ्क योगदान गरेका हुन् ।
गर्ल्सको उपाधि भिडन्तमा स्मृति पोखरेलको १६ अङ्क सहयोगमा बागमतीले पनि नेमोनिकलाई ३७–२५ ले हरायो ।
ब्वाइजमा एन्जल लर्डका समीर मगर र गर्ल्समा बागमतीकी स्मृति पोखरेल ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । ब्वाइजमा नेमोनिकका विपेश थिङ र गल्र्समा नेमोनिककी वर्षा खड्का उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । ब्वाइजमा रेनिस लामा र गर्ल्समा अस्मिता थापा सर्वाधिक स्कोरकर्ता बने । दुवै नेमोनिका हुन् ।
ब्वाइजमा मार्वलस र गर्ल्समा काठमाडौँ जेभियर्स पब्लिक स्कुल अनुशासित टिम ठहरिए । ब्वाइजमा आकाश दीप तथा गर्ल्समा विन्सम ‘इमर्जिङ टिम’ बने ।
विजेतालाई गोकर्णेश्वर नगरपालिका मेयर दीपककुमार रिसाल, आयोजक टाइमलाइनका प्रिसिन्सपल रामप्रसाद बडाललगायतले एक कार्यक्रमबिच पुरस्कृत गरे । भदौ ५ गतेदेखि सुरु भएको प्रतियोगिताको ब्वाइजमा २४ तथा गर्ल्समा १६ टिमले प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक राजेन्द्र लम्सालले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण