कालीगण्डकी संरक्षण अभियान समितिले गण्डकी र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझायो
काठमाडाैँ । कालीगण्डकी संरक्षण अभियान समितिले गण्डकी र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । सोमबार अभियानका संयोजक शंकर पाण्डेको टोलीले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई ज्ञापनपत्र बुझाएको हो ।
काली गण्डकी–तिनाउ डाइभर्सन योजना तुरुन्त रोक्न माग गरिएको छ । तटीय क्षेत्रको सम्पूर्णअसिंचित भूमिमा सिँचाइ पूर्वाधार विस्तारका साथैसम्पूर्ण गण्डकी क्षेत्रलाई धार्मिक, सांस्कृतिक, जैविक कृषि पर्यटन र पर्यावरणीय संरक्षण क्षेत्र घोषणा गर्न माग गरिएको छ ।
त्यस्तै परियोजनाहरू अघि बढाउँदा पनि स्थानीय जनताको राय, पालिकाहरूको सल्लाह, सुनुवाइ अनिवार्य गरिनुपर्ने,परम्परागत रूपमा गण्डकीमा आश्रित जनजाति समुदायहरूको संरक्षण कार्यक्रम तत्काल ल्याउन माग गरिएको छ ।
कालीगण्डकी ए जलविद्युत र आँधी खोला जलविद्युत परियोजनाले कबुल गरे अनुसारको सम्पूर्ण पानी बाह्रै महिना तटीय क्षेत्रमा छोडियोस् र चाड पर्वहरूमा विशेष रूपले छाड्ने व्यवस्था गर्न समेत माग गरिएको छ ।
कालीगण्डकीको पवित्रता अविरलता स्वच्छता लाई शालग्राम भगवानको आस्थासँग जोडेर विश्व सनातनिहरुबिच पुर्याउन सकेमा आध्यात्मिक पर्यटनबाट नै देशको समृद्धिमा ठुलो टेवा पुग्ने अभियानका संयोजक पाण्डेले बताए ।
तर,कालिगण्डकी डाइभर्सनबारे दुई प्रदेशको फरक मत देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यसम्बन्धी तीन वटा ऐन संशोधनका मस्यौदामा सात दिनभित्र सुझाव दिन आग्रह
-
संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाले लिए शपथ
-
'बीपीले राष्ट्रपति बन्न अस्वीकार गरेका थिए'
-
धनुषा प्रहरीद्वारा फरार ४४ प्रतिवादी पक्राउ
-
सर्लाहीमा मिटरब्याज पीडितमाथि आक्रमण
-
विश्वभर फेसबुक म्यासेन्जरमा प्राविधिक समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण