प्रधान सेनापति चीन जाँदै, मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृत
सोमबार, १६ भदौ २०८२, १६ : ४५
सारांश
- प्रधान सेनापति अशोक राज सिग्देल भदौ २७ देखि असोज ४ गतेसम्म चीन भ्रमणमा जाने भएका छन्।
- उनी गोन्जाउ र सांघाइमा सैनिक कार्यक्रममा सहभागी हुनेछन्।
- मन्त्रिपरिषद्ले उनको चीन भ्रमण स्वीकृत गरेको छ।
काठमाडौँ । प्रधान सेनापति अशोक राज सिग्देल चीन भ्रमणमा जाने भएका छन् । गोन्जाउ र सांघाइमा भदौ २७ देखि असोज ४ गतेसम्म सैनिक एकाइहरूको कार्यक्रममा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् ।
मन्त्रिपरिषद्को भदौ १३ गते बसेको बैठकले उनको भ्रमण स्वीकृति गर्ने निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सोमबार जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण