विभिन्न मन्त्रालयमा अधिकृतस्तरका १७६ दरबन्दी स्वीकृत
सारांश
- मन्त्रिपरिषद बैठकले विभिन्न मन्त्रालयमा अधिकृतस्तरका १७६ दरबन्दी स्वीकृत गरेको छ।
- सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई अधिकृतस्तरका ५८ दरबन्दी स्वीकृत गरियो।
- युवा तथा खेलकुद मन्त्रालय र अन्य कार्यक्रमहरूका लागि पनि दरबन्दी स्वीकृत भएका छन्।
काठमाडौँ । सरकारले विभिन्न मन्त्रालयमा अधिकृतस्तरका १७६ दरबन्दी स्वीकृत गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा भदौ १३ गते बसेको मन्त्रिपरिषद बैठकले विभिन्न मन्त्रालयमा अधिकृतस्तरका दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो ।
बैठकले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय अन्तर्गत सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई आर्थिक वर्ष २०८२/०८३ का लागि अधिकृतस्तरका ५८ दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।
यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत सञ्चालन हुने आयोजना तथा कार्यक्रम कार्यान्वयन गर्न आर्थिक वर्ष २०८२÷०८३ का लागि अधिकृतस्तरका ८७ पदको दरबन्दी स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ ।
मन्त्रिपरिषद बैठकले युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत आर्थिक वर्ष २०८२/०८३ कालागि राष्ट्रिय युवा परिषद्, फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति र राष्ट्रिय एन्टीडोपिङ एजेन्सीमा अधिकृतस्तरका २१ दरबन्दी स्वीकृत गर्ने निर्णयसमेत गरेको छ ।
यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पुरातत्व विभागमार्फत सञ्चालित भूकम्पपछिको पुनर्निर्माण कार्यक्रमलाई आर्थिक वर्ष २०८२/०८३ का लागि अधिकृतस्तरका १० अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण