चन्द्रागिरिमा मोटरसाइकल दुर्घटना, युवकको मृत्यु
सोमबार, १६ भदौ २०८२, १७ : २१
सारांश
- काठमाडौंको चन्द्रागिरिमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
- दुर्घटनामा २१ वर्षीय युवकको मृत्यु भएको हो, जो महोत्तरीका थिए।
- घाइते भएका एक जनाको बल्खुस्थित अस्पतालमा उपचार भइरहेको छ।
काठमाडौँ । काठमाडौँको चन्द्रागिरिमा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका-१ कालुपाण्डेस्थित सडकमा ज.१० प ७४९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनामा सोही नगरपालिका-१३ पुरानो नैकाप बस्ने महोत्तरी घर भएका मोटरसाइकल चालक २१ वर्षीय तुफेल आलमको मृत्यु भएको हो । आइतबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको बल्खुस्थित बयोधा अस्पतालमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण