सामुदायिक विद्यालयको नतिजा सुधारौँ : मुख्यमन्त्री आचार्य
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामुदायिक विद्यालयको शैक्षिक नतिजा सुधार्नुपर्नेमा जोड दिएका छन् ।
पाल्पाको तानसेन नगरपालिका स्थित मोहन कन्या माध्यमिक विद्यालयको ७५ औँ वार्षिकोत्सव एवम् हीरक महोत्सव २०८२ को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले विद्यार्थी केन्द्रित शिक्षण सिकाइ प्रक्रियाको प्रभावकारी कार्यान्वयनमार्फत मात्र सामुदायिक विद्यालयप्रति जनआस्था बलियो हुने बताए ।
सामुदायिक विद्यालयले आफ्नो नतिजा सुधार्न सके मात्रै निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने मुख्यमन्त्री आचार्यले बताए ।
शिक्षाको गुणस्तर अभिवृद्धिलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको भन्दै शिक्षकको सीप तथा दक्षता वृद्धि, सूचना प्रविधिको प्रयोग, विद्यालयको चौतर्फी विकास र अभिभावकको सक्रिय भूमिका सुनिश्चित गर्ने कार्यक्रमहरू अघि बढाइएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण