बागमती प्रदेशसभा : लिपुलेकका बारेमा सङ्कल्प प्रस्ताव पारित गर्न माग
मकवानपुर । बागमती प्रदेशसभा सदस्यहरूले त्रिदेशीय सीमा विवादमा सङ्कल्प प्रस्ताव पारित गर्न माग गरेका छन् ।
प्रदेशसभाका सांसदहरूले नेपाल भारत र चिन बिचको लिपुलेक, लिम्पियाधुरा विवादका विषयमा संसद्बाट सङ्कल्प प्रस्ताव पारित गर्न माग गरेका हुन् ।
प्रदेशसभाको सोमबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसदहरूले सरकारले कुटनीतिक पहल गरेर उक्त विवाद समाधान गर्नुपर्ने बताए ।
सङ्ख्यात्मक रूपमा सरकार बलियो रहेपनि कमजोर भूमिकामा रहेकाले सीमा विवादमा समेत कुटनीतिक पहल गर्न नसकेको उनीहरुले आरोप लगाए ।
दुई ठुला देशले नेपाललाई जानकारी नै नदिई नेपाली भूभाग हस्तक्षेप गर्नु राष्ट्रियता माथिको प्रहार भएको उनीहरूको भनाई छ ।
उनीहरुले पश्चिमी सीमा क्षेत्र लिपुलेक भन्ज्याङलाई व्यापारिक नाकाको रूपमा प्रयोग गर्ने गरी भारत र चीनबिच भएको सम्झौताप्रति आपत्ति जनाएका थिए । नेपालको सहमतिबिना भएको कुनै पनि सम्झौता मान्य नहुने उनीहरूको भनाई छ ।
बैठकलाई सम्बोधन गर्दै पूर्व मन्त्री एवम् माओवादी केन्द्रका सांसद युवराज दुलाल ‘शरद’ले सीमा विवादका सन्दर्भमा तत्काल संसद्ले सङ्कल्प प्रस्ताव पारित गरेर अघि बढ्नु पर्ने बताए ।
नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा आँच आउने गरी कसैले पनि काम गर्न नहुने भन्दै संसद्को साझा धारणाका रूपमा सङ्कल्प प्रस्ताव पारित गर्नुपर्ने उनले बताए ।
व्यापारिक नाकाको रूपमा दुई ठुला देश चीन र भारतले आफ्नो अनुकूलतामा नेपाली भूमि प्रयोग गर्न नहुने टिप्पणी गरे । दुई देशसँग कुटनीतिक पहल गरी लिपुलेकको विवाद हल गर्न पहल गर्नुपर्ने उनले बताए ।
बैठकमा एमाले बागमती प्रदेशसभाका प्रमुख सचेतक एकालाल श्रेष्ठले लिपुलेक नाका भएर आवतजावत गर्न भारत र चीनबिच भएको व्यापारिक सम्झौता प्रति चिन भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त क्षेत्र नेपालको सार्वभौम अधिकार भएको दाबी गरेको बताए ।
‘नेपालको तर्फबाट सार्वभौम सत्ता र भौगोलिक भौगोलिक अखण्डताको बारेमा चिनियाँ राष्ट्रपति समक्ष महाकाली नदी पूर्वका लिम्पियाधुरा लिपुलेख र कालापानी नेपालको अभिन्न अङ्ग भएको दाबी गर्नुभएको छ । नेपालको सहभागिता र सहमति बिना भारत चीन बिचको व्यापारिक सम्झौता हाम्रा लागि किमार्थ स्वीकारे छैन’ उनले भने, ‘उक्त सम्झौताले नेपालको अतिक्रमण गरेको छ भनेर त्यसलाई सच्याउनको निम्ति चिनियाँ राष्ट्रपति समक्ष आग्रह गर्नुभएको छ । आफ्नो देशको भौगोलिक रक्षाको निम्ति हिम्मतका साथ प्रधानमन्त्रीले आफ्नो विचार प्रस्तुत गर्नुभएको छ ।’
सुगौली सन्धि बमोजिम महाकाली पूर्वका सम्पूर्ण भूभाग नेपालको भन्ने दाबी सहित राष्ट्रसङ्घमा दर्ता पनि भएको उनले बताए । उक्त अवस्थामा प्रदेशसभाबाट सङ्कल्प प्रस्ताव पारित गरेर अघि बढ्दा उपयुक्त हुने उनले बताए ।
बैठकमा माओवादी केन्द्र बागमती प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले लिपुलेख भन्ज्याङलाई दुई देशबिचको पारस्परिक नाका बनाउने भनेर २०७२ जेठ १ गते निर्णय भएको बताए ।
भूकम्पले नेपाल एकदम थिलथिलो भएको थियो कमजोर भएको अवस्था र चीनको सम्झौता भएको उनले बताए । ४१ वटा बुँदामा भएको सम्झौताको २८ औँ नम्बर बुँदामा पारस्परिक नाका बनाउने भनेर भनिएको उनले बताए ।
उनका अनुसार सो लगत्तै उक्त सम्झौताको विरुद्धमा अखिल क्रान्तिकारीको नेतृत्व गर्दै लिपुलेक जागरण अभियान सञ्चालन गरेको उनले बताए । उनले उक्त विषयमा प्रदेशसभाको ध्यानाकर्षण गराउँदै सङ्कल्प प्रस्ताव पारित गरेर अघि बढ्न माग गरे ।
बैठकमा प्रदेशसभाका २९ जना सांसदहरूले धारणा राखेका थिए । प्रदेशसभाको बैठक भदौ १७ गते बिहान ११ः३० बजे बस्ने गरी स्थगित गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण