हरिबहादुरको जुत्ताको दोस्रो गीत 'ढाका टोपी शिरैमा' सार्वजनिक
काठमाडौँ । चलचित्र हरिबहादुरको जुत्ता को दोस्रो गीत 'ढाका टोपी शिरैमा’ सार्वजनिक भएको छ । आशिष अविरल र मेलिना राईको स्वरमा रहेको गीतमा दानबहादुर कार्कीको शब्द र दिपक शर्माको सङ्गीत छ ।
लोक फ्लेबरलाई तयार पारिएको गीतलाई दर्शकले रुचाउने विश्वास गरिएको छ । किरण थापाको कोरियोग्राफीमा तयार गीतको भिडियोमा हरिवंश आचार्य, प्रकाश सपुत र स्वस्तिमा खड्का फिचर छन्। कृष्ण बहादुर थापाले खिचेको भिडियोलाई नहकुल खड्काले सम्पादन गरेका छन् ।
यसअघि सार्वजनिक ’बेला बितेसी’ बोलको गीत युट्युबमा २० लाख बढी पटक हेरिएको छ भने २ लाख बढी टिकटक बनेको छ ।
दिपेन्द्र के खनाल निर्देशित चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्र दसैँको फूलपाती (असोज १३) गतेबाट प्रदर्शनमा आउँदैछ। एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका छन्। कृष्ण बहादुर थापाले खिचेको चलचित्रलाई नकुल खड्काले सम्पादन गरेका छन् ।
वसन्त सापकोटा, दिपक शर्मा र प्रकाश सपुतको सङ्गीत रहेको चलचित्रमा आशिष अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण