दार्चुलामा अटो दुर्घटना : एकै परिवारका दुई जनाको मृत्यु
काठमाडौँ । दार्चुलामा अटो दुर्घटना हुँदा बेपत्ता भएका तीन जनामध्ये दुई जनाको मृत्यु भएको छ । सोमबार नौगाड गाउँपालिका वडा नम्बर ६ की १७ वर्षीया भाका धामी र अर्की १२ वर्षीया अरुणा धामीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
४५ वर्षीया चाखुरी धामी अझै बेपत्ता छिन् । आज दिउँसो नौगाड गाउँपालिका वडा नम्बर ५ शौकेबगरमा अटोरिक्सा दुर्घटना भएर नौगाड खोलामा खसेको थियो ।
उनीहरू तीन जना एउटै घरको भएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए ।
उनका अनुसार प्रारम्भिक अनुसन्धान हेर्दा ओरालो बाटोमा ब्रेक नलागेपछि होपरीगाडबाट धुलिगडातर्फ गइरहेको म १ ह ११४८ नम्बरको अटोरिक्सा दुर्घटना भएर नौगाड खोलामा खसेको हो ।
सो अटो रिक्सामा पाँच जना सवार थिए । चालक मनिराम भुललाई घटनापछि प्रहरीले नियन्त्रणमा लिएको छ ।
चालक मनिरामका छोरा नौगाड वडा नम्बर ५ का १७ वर्षीय आयुस सो दुर्घटनामा घाइते भएका छन् । उनको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बेपत्ता महिलाको आज खोज तलास सम्भव नभएपछि भोलि पनि खोजी कार्य गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ३१ जना पक्राउ
-
अनुमतिबिना भारतीय हेलिकोप्टर नेपाली आकाशमा
-
मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै
-
प्रेमराजादेखि विश्व दोङसम्म, तीन दिन दरबार रोधीमा लोकसंगीतको उत्सव
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण