कञ्चनपुरस्थित जोगबुढा नदीको बाढीमा फसेकाको सेनाद्वारा उद्धार
सोमबार, १६ भदौ २०८२, २२ : ०७
सारांश
- नेपाली सेनाले कञ्चनपुरको दोधारा चाँदनीमा बाढीबाट फसेका २५ जनाको उद्धार गरेको छ।
- उद्धार गरिएका व्यक्तिहरूमा नौ पुरुष, ११ महिला र पाँच बालबालिका रहेका छन्।
- सेनाले नुवाकोटको शिवपुरीमा हाइकिङ गएका १४ जनाको पनि सकुशल उद्धार गरेको छ।
कञ्चनपुर । नेपाली सेनाले अविरल वर्षाका कारण कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित जोगबुढा नदीमा आएको बाढीले डुबानमा परेका २५ जनाको सकुशल उद्धार गरेको छ ।
बाढीले नदीको तटबन्धलाई पार गरी जग्र्गा टोल र ट्यापु गाउँमा पस्दा डुबानमा फसेका नौ पुरुष, ११ महिला र पाँच बालबालिकालाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
कञ्चनपुरस्थित रणसिंह दल गणबाट खटिएको टोलीले रबर बोट तथा विपद्का अन्य सामग्री प्रयोग गरी उद्धार गरेको सेनाले जनाएको छ ।
यस्तै, सेनाले नुवाकोटको शिवपुरी गाउँपालिका–४ स्थित पिङ्क हाइट इलाकामा हाइकिङ जाने क्रममा बाटो बिराएर हराएका १४ जनाको सकुशल उद्धार गरेको छ । उनीहरूलाई यही आइतबार राति उद्धार गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदिभारा-टाक्से-रुम सडक ६ वर्षपछि सञ्चालन
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
-
मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण