सोलुखुम्बुको थामे खोलाले पाँच घर बगायो
सारांश
- सोलुखुम्बुको थामेखोलामा आएको बाढीले पाँच घर पूर्ण रूपमा बगायो, ६ घरमा आंशिक क्षति पुग्यो।
- बाढीले बिजुलीको पोलमा क्षति पुर्याउँदा विद्युत् र सञ्चार सेवा अवरुद्ध भयो।
- बाढी प्रभावितहरूलाई उद्धार गरी अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ।
सोलुखुम्बु । यहाँको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामेखोलामा आएको बाढीले आइतबार राति पाँच घर पूर्ण रुपमा बगाएको छ भने ६ घरमा आंशिक क्षति पुर्याएको छ ।
अविरल वर्षाका कारण बस्तीतर्फ मोडिएको बाढीले थामेस्थित बिजुलीको पोलमा क्षति भई विद्युत् प्रसारण र सञ्चार सेवा अवरुद्ध भएको गाउँपालिकाले विज्ञप्तिमार्फत जनाएको छ ।
बाढी पीडितलाई सकुशल उद्धार गरी हाल अस्थायी बसोबासको व्यवस्था मिलाइएको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङमा छिरी शेर्पाले जानकारी दिए ।
अध्यक्ष शेर्पाका अनुसार गत वर्षको साउन ३२ गते थामे खोलामा आएको बाढीले जोखिममा पारेको घर नै बगाएको हो । गाउँपालिकाको प्राविधिक टोली थामेतर्फ पठाइसकेको उनले बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुजनकुमार बुढाथोकीद्वारा हस्ताक्षरित विज्ञप्तिमा थामे क्षेत्रलगायत सम्पूर्ण तटीय क्षेत्रमा रहेका बासिन्दाहरुमा सतर्कता अपनाउन समेत अनुरोध गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण