मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

भीजी अटोमोबाइल्सद्वारा नयाँ सुजुकी शोरुमको उद्घाटन

मङ्गलबार, १७ भदौ २०८२, १४ : ०६
मङ्गलबार, १७ भदौ २०८२

ललितपुर । सुजुकी दुई पांग्रे सवारीसाधनको आधिकारिक वितरक भीजी अटोमोबाइल्सले  ललितपुरको ग्वार्को चोकमा नयाँ सुजुकी शोरुम सञ्चालनमा ल्याएको छ।

सोमबार गुणा सिनेमा हल अगाडि रहेको शोरुमको भव्य उद्घाटन कम्पनीका महाप्रबन्धक पारस जैनले गरे । 

उद्घाटन समारोहमा सञ्चारकर्मी, सामाजिक सञ्जालमा सक्रिय व्यक्तित्व, भ्लगर तथा अटोमोबाइल क्षेत्रका प्रतिनिधिहरूको उपस्थिती थियो।

कम्पनीका अनुसार नयाँ शोरुममा ग्राहकले सुजुकी मोटरसाइकल र स्कूटरका विभिन्न मोडल हेर्न तथा खरिद गर्न सक्नेछन्। साथै, विशेष उद्घाटन अफरअन्तर्गत चयनित मोडलमा ५० हजार रुपैयाँसम्म अतिरिक्त मूल्याङ्कन सुविधा पाउने व्यवस्था गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप