श्रम सम्झौता भएका देशहरूमा अनिवार्य रूपमा हुलाकको प्रबन्ध गराैँ : सञ्चारमन्त्री
सारांश
- सञ्चारमन्त्रीले श्रम सम्झौता भएका देशहरूसँग हुलाक सम्झौता गर्नुपर्ने बताए ।
- उनले नेपाली नागरिक बसोबास गर्ने देशहरूमा हुलाक सेवा विस्तार गर्नुपर्ने धारणा राखे ।
- मन्त्रीले हुलाक सेवा विभागको बक्यौताका लागि अर्थ मन्त्रालयसँग पहल गर्ने बताए ।
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले श्रम सम्झौता भएका सबै मुलुकहरूसँग रूपमा हुलाक सेवासम्बन्धी सम्झौता गर्नुपर्ने बताएका छन् ।
मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालको हुलाकप्रतिको विश्वास र प्रभावकारिता बढाउन श्रम सम्झौता भएका मुलुकहरूसँग हुलाक सम्झौता गर्नुपर्ने अपरिहार्य आवश्यकता रहेको बताएका हुन् ।
नेपाली नागरिक बसोबास गर्ने देशहरूमा समेत हुलाक सेवा विस्तार गर्नुपर्ने उनको भनाइ छ । उनले नेपाली नागरिक भएका सबै देशहरूमा हुलाक सेवा विस्तार भए मात्र संस्थाप्रतिको विश्वास र प्रभावकारिता बढ्ने बताए ।
उनले भने,‘नेपालसँग श्रम सम्झौता भएका सबै देशहरूमा अनिवार्य रूपमा हुलाकको प्रबन्ध हुनुपर्यो । जहाँ जहाँ नेपाली डायस्पोरा छ । ती ती देशहरूमा अनिवार्य रूपमा हुलाकको प्रबन्ध हुनुपर्यो । यति गर्न सकियो भने मात्र यो हुलाकको काम हुन्छ । त्यसो गर्न सकियो भने मात्र हुलाकप्रतिको विश्वास र प्रभावकारिता पनि बढेर जान्छ । अर्को कुरा नेपाली नागरिक बसोबास गरेका सम्पूर्ण देशहरूसँग पनि हुलाक सम्झौता गर्नुपर्यो । यति काम गर्न सकियो भने हामीले हुलाकलाई राम्रो संस्थाको रूपमा विकास गर्नसक्छौं ।’
उनले हुलाक सेवा विभागले तिर्नुपर्ने बाँकी बक्यौताको लागि अर्थ मन्त्रालयसँग आवश्यक पहल गर्ने आश्वासन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण