अपडेट
गोंगबु घटना : ४ करोड भेटिएको घरबाट सुनका गहना पनि बरामद
मङ्गलबार, १७ भदौ २०८२, १६ : ३३
काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ गोंगबु स्थित टाउन प्लानिङमा करिब ४ करोड फेला परेको घरबाट प्रहरीले सुनका गहना पनि बरामद गरेको छ ।
गोरखाका विनोद श्रेष्ठको घरबाट तयारी अवस्थाका गहना समेत बरामद गरिएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले रातोपाटीलाई बताए । उनले भने, ‘सुनका गहना पनि ठुलो परिमाणमा भेटिएको छ ।’
उपत्यका प्रहरी कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी प्रभाग बसपार्कबाट खटिएका अनुसन्धान अधिकृतहरूले रकम र गहनाको तौल यकिन गर्दै छन् ।
बरामद रकमको सङ्ख्या यकिन गर्न मेशिन मगाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले रातोपाटीलाई बताए । उनले भने, ‘गणना गर्ने मेशिन मगाएर रकम यकिन गर्दैछौँ।’
प्रहरीले सुनका गहना पनि तौलिँदै छन् । सो घरमा ७६ वर्षीय विनोद श्रेष्ठ बस्दै आएका थिए । उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण