शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

मनाङ प्रदेशसभा–२ उपनिर्वाचनको कार्यतालिका सार्वजनिक (कार्यतालिकासहित)

मङ्गलबार, १७ भदौ २०८२, १७ : २७
मङ्गलबार, १७ भदौ २०८२

काठमाडौँ । आगामी कात्तिक १७ गते हुने मनाङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचनका लागि निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगका अनुसार उम्मेदवारको मनोनयन दर्ता असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ । सोही दिन बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक गरिनेछ ।

उक्त सूचीविरुद्ध उजुरी दिने समय असोज २२ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म निर्धारण गरिएको छ । 

उजुरी र मनोनयनपत्रको जाँचबुझ तथा निर्णय असोज २२ को दिउँसो ३ बजेदेखि असोज २३ गते बेलुका ५ बजेसम्म सम्पन्न गरिनेछ। त्यसपछि असोज २३ गते बेलुका ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशित गरिनेछ ।

असोज २४ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन्। सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिने र दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ ।

निर्वाचन आयोगले मतदान कात्तिक १७ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुने जनाएको छ । साथै, प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका व्यक्तिले उम्मेदवारी दिन नपाउने कानुनी व्यवस्था रहेको आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

540950099_1129554979058156_524089077052690178_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप