मन्डेकाजीदेखि सीता तामाङसम्मलाई काठमान्डु गोर्खाजले बनायो ‘गुडविल एम्बासडर’
काठमाडौँ । काठमान्डु गोर्खाजले नेपाली खेलकुदका शीर्षस्थ ५ खेलाडीलाई आफ्नो ‘गुडविल एम्बासडर’ मा नियुक्त गरेको छ ।
आसन्न दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि युवाहरूलाई प्रेरित गर्ने उद्देश्यले फरक खेलका खेलाडीलाई एम्बासडर बनाएको गोर्खाजले जनाएको छ ।
गोर्खाजले करातेका मन्डेकाजी श्रेष्ठ, फुटबलका विकेश कुथु, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, भलिबलकी पुनम चन्द र तेक्वान्दोकी सीता तामाङलाई ‘गुडविल एम्बासडर’ मा नियुक्त गरेको छ । गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहिया र प्रमुख कार्यकारी अधिकृत सुरजसिंह ठकुरीले ‘गुडविल एम्बासडर’ हरूलाई स्वागत गरेका थिए ।
प्रमुख कार्यकारी अधिकृत ठकुरीले खेलकुदमा युवालाई प्रेरित गर्न क्रिकेटबाहेक अन्य खेलहरू पनि आवश्यक रहेको हुनाले ‘गुडविल एम्बासडर’ मा फरक खेलका खेलाडीलाई आफ्नो टोलीमा आबद्ध गरिएको जनाए । उनले काठमान्डु गोर्खाज उपत्यकाको टोली भएकाले त्यसै अनुसार खेलाडी चयन गरिएको जानकारी गराए ।
एनपीएलको दोस्रो संस्करण नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म आयोजना हुँदै छ । करण केसीको कप्तानीमा रहेको गोर्खाजमा भीम सार्की, शाहब आलम, आदिल आलम अन्सारी, रशिद खान, दीपेश कँडेल, सन्तोष यादव, आकाश त्रिपाठी, प्रतीक श्रेष्ठ, तुलबहादुर थापा, उत्तम थापामगर छन् ।
मन्डेकाजीले सन् २०१९ मा नेपालमै आयोजित १३ औं दक्षिण एसियाली खेलकुदमा दोहोरो स्वर्ण पदक जितेका थिए ।
उनी अहिले नेपाली राष्ट्रिय कराते टोलीको काता प्रशिक्षक हुन् । विकेश सन् २०१२ यता नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक हुन् । हाल त्रिभुवन आर्मी फुटबल क्लबबाट खेलिरहेका विकेशले सरस्वती, जावलाखेल युथ र मध्यपुर युथ एसोसिएसनबाट खेलिसकेका छन् । विकेशले नेपाल सुपर लिगको पहिलो संस्करणमा काठमाडौँ रेजर्सबाट उपाधि जितेका थिए ।
सन्तोषीले पनि १३ औं दक्षिण एसियाली खेलकुदको १० हजार मिटर दौडमा स्वर्ण जितेकी थिइन् । उनी दक्षिण एसियाली खेलकुदमा एथलेटिक्सबाट स्वर्ण जित्ने पहिलो नेपाली महिला खेलाडी हुन् । । सन्तोषीले २०२४ मा भएको पेरिस ओलम्पिकमा खेलेकी थिइन् ।
भलिबलकी पुनम सन् २०१९ यता राष्ट्रिय भलिबल टोलीकी सदस्य हुन् । नेपाल पुलिस क्लबकी पुनम अहिले एभरेस्ट महिला भलिबल लिगका लागि पोखरा निन्जाजसँग आबद्ध छिन् । भलिबल लिग भदौ २० मा पोखरामै सुरु हुनेछ ।
सीताले अघिल्लो महिना दक्षिण कोरियामा भएको एम्बेसी ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी थिइन् । उनले छैटौं, सातौं र नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेकी थिइन् । सीताले आउट ल र दानभी फिल्ममा समेत अभिनय गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण