टुक्रिन नपर्ने भयो गुगल, तर प्रतिस्पर्धीलाई डेटा शेयर गर्नुपर्ने
सारांश
- गुगलले क्रोम बेच्नु नपर्ने तर प्रतिस्पर्धीहरूसँग डेटा सेयर गर्नुपर्ने फैसला अदालतले सुनायो।
- अमेरिकी न्याय मन्त्रालयले गुगललाई क्रोम बेच्न भनेको थियो, तर अदालतको निर्णयपछि गुगलले क्रोम राख्न पाउने भयो।
- गुगलले क्रोमलाई उपकरण र ब्राउजरमा सर्च इन्जिन बनाउन एप्पलसँग आम्दानी बाँड्ने सम्झौता प्रस्ताव गरेको थियो।
क्यालिफोर्निया । अमेरिकी बहुराष्ट्रिय सर्च इन्जिन कम्पनी गुगलले आफ्नो वेब ब्राउजर क्रोमलाई बेच्नु नपर्ने भएको छ । तर अमेरिकी संघीय न्यायाधीशले कम्पनीलाई प्रतिस्पर्धीहरूसँग आफ्नो डेटा भने शेयर गर्न आदेश दिएका छन् । जिल्ला न्यायाधीश अमित मेहताले यो फैसला सुनाएको भन्दै बीबीसीले समाचार छापेको छ ।
एक वर्षभन्दा बढी समयलेखि कम्पनीले अनलाइन सर्च बजारमा क्रोमको दबदबाबारे मुद्दा खेप्दै आएको थियो । एन्ड्रोइड र क्रोम जस्ता आफ्नै प्रडक्ट अनि एप्पल जस्ता अन्य कम्पनीले बनाएका प्रडक्टमा गुगल डिफल्ट सर्च इञ्जिनको रूपमा रहेको विषयमा मुद्दा केन्द्रित छ । अमेरिकी न्याय मन्त्रालयले गुगललाई क्रोम बेच्न भनेको थियो । तर मंगलबारको निर्णयपछि कम्पनीले क्रोमलाई आफ्नै साथमा राख्न सक्ने भएको छ ।
तर यसले ‘एक्सिक्लुसिभ’ करार गर्न पाउने छैन अनि सर्च डेटहरू पनि प्रतिस्पर्धीहरूसँग शेयर गर्नु पर्नेछ । गुगलले क्रोमलाई उपकरण र ब्राउजरमा सर्च इन्जिन बनाउन एप्पल जस्ता कम्पनीसँग आम्दानी बाँड्ने सम्झौता गर्ने जस्ता अलि कम कठोर उपायहरू प्रस्ताव गरेको थियो । पछिल्लो सुनवाइलाई आफूले जितको रूपमा हेरेको मंगलबार गुगलले भनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण