‘अभिमन्यु’मा र्यापर भियोमाको र्याप
सारांश
- चलचित्र 'अभिमन्यु : च्याप्टर-१' २७ भदौबाट प्रदर्शनमा आउने भएको छ।
- फिल्मको र्याप गीत सार्वजनिक भएको छ, जसमा भियोमाको शब्द, संगीत र स्वर रहेको छ।
- फिल्म पैसाको प्रलोभनमा फसेका व्यक्तिको संघर्षको कथामा आधारित छ।
काठमाडौँ । ‘अभिमन्यु : च्याप्टर–१’ २७ भदौबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो । निर्माण युनिटले फिल्मको एक र्याप गीत सार्वजनिक गरेको छ । जसमा र्यापर भियोमाको शब्द, संगीत र स्वर छ ।
जिन्दगी नै रहस्यमयी रहेको बताउने र्यापले पैसाले मान्छेको असली चरित्र देखाउने प्रस्ट पार्ने प्रयास गरेको छ । र्यापमा पैसामा माया साट्ने र पैसाकै कारण सम्बन्धहरू टुट्ने गरेको यथार्थ चित्रण गरिएको छ ।
कसको पछाडि को लागेको छ भन्ने रहस्यले दिने तनाव र त्यसले जिन्दगीलाई सडकमा झारेको यथार्थ समेटिएको र्यापमा षड्यन्त्रकै जालोमा फसेको जिन्दगी र त्यसकै वरिपरि रुमलिएको तनावपूर्ण जिन्दगी चित्रण छ । भिडियोमा र्यापर भियोमा आफैँ फिचर्ड छन् । उनीसँगै चलचित्रका चलअचल दृश्य गीतमा समावेश छन् ।
फिल्मले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथा भन्छ । ‘अभिमन्यु’को हिन्दी भर्सन असोज ६ अर्थात् (सेप्टेम्बर २२) मा रिलिज हुनेछ ।
‘अभिमन्यु’मा कामेश्वर चौरासिया, किरण श्रेष्ठ, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, प्रकाश दाहाल, सुष्मा निरौलालगायतको अभिनय छ ।
सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको फिल्म सुशान्त गौतमले निर्देशन गरेका हुन् । मुकेश खनालको लेखन रहेको फिल्मको क्रिएटिभ निर्देशक मदन थापा हुन् । विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको फिल्ममा रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ कार्यकारी निर्माता रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण