शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रशिद खानको नाममा अर्को कीर्तिमान

बुधबार, १८ भदौ २०८२, ११ : ५८
बुधबार, १८ भदौ २०८२

सारांश

  • अफगानिस्तानका रसिद खानले यूएईविरुद्धको खेलमा ३ विकेट लिँदै टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक विकेट लिने कीर्तिमान बनाए।
  • उनले ९८ खेलमा १६५ विकेट लिएर न्युजिल्यान्डका टिम साउथीको १६४ विकेटको रेकर्ड तोडे।
  • रसिद खानले टी-२० क्रिकेटमा फ्रेन्चाइजसहित सर्वाधिक विकेट लिने खेलाडीको रूपमा पनि रेकर्ड बनाएका छन्।

शारजाह । अफगानिस्तानका स्टार लेग–स्पिनर रशिद खानले फेरि एक ऐतिहासिक कीर्तिमान बनाएका छन्। उनले यूएईविरुद्ध जारी त्रिकोणात्मक सिरिजमा नयाँ रेकर्ड कायम गर्दै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडी बनेका हुन्।

यो सिरिज अन्तर्गत शारजाहमा सोमबार खेलेको खेलमा उनले तीन विकेट लिँदै र अफगानिस्तानलाई ३८ रनले जिताउन महत्त्वपूर्ण भूमिका खेले। २६ वर्षीय कप्तान रशिदले हालसम्म ९८ खेलमा १६५ विकेट लिएका छन्। 

उनको औसत १३.८ र इकानोमी रेट ६.१ छ। यससँगै उनले न्युजिल्यान्डका टिम साउथीको १६४ विकेटको रेकर्डलाई उछिनेका छन्।

रशिद यसअघि नै समग्र टी–२० क्रिकेटमा (फ्रेन्चाइजसहित) सर्वाधिक विकेट लिने खेलाडी बनिसकेका छन्। उनले अहिलेसम्म ४८९ खेलमा ६६४ विकेट लिएका छन्। 

टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट

  • रशिद खान – १६५ विकेट (९८ खेल) *
  • टिम साउथी – १६४ विकेट (१२६ खेल)
  • इश सोधी – १५० विकेट (१२६ खेल)
  • शाकिब अल हसन – १४९ विकेट (१२९ खेल)
  • मुस्तफिजुर रहमान – १४२ विकेट (११३ खेल)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप