भारतलाई बेच्ने तेल झनै सस्तो बनाउँदैछ रुस
सारांश
- भारतले रुसबाट कच्चा तेल खरिद गर्दा थप छुट पाउने सम्भावना बढेको छ।
- रुसी तेलको मूल्य ब्रेन्ट कच्चा तेलभन्दा प्रति ब्यारेल ३-४ डलर कम हुन सक्नेछ।
- अमेरिकाले भारतलाई रुसबाट तेल खरिद गरेकोमा कर लगाएको थियो, जसले आर्थिक दबाब पारेको थियो।
मस्को । रूसबाट किन्ने कच्चा तेलमा भारतले चाँडै नै थप छुट पाउने देखिएको छ । अमेरिकाले भारतबाट आउने सामानमाथि लगाएको अतिरिक्त भन्सार महसुल लगाएर भारतलाई दबाब दिइरहेकै समयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यो राहत दिन लागेका हुन् । भारतले पहिला देखि नै रुससँग छुट मूल्यमा तेल किनिरहेको छ ।
मिडिया रिपोर्टहरूका अनुसार, रुसी बेञ्चमार्कको कच्चा तेल युरालको मूल्य अब ब्रेन्ट कच्चा तेलभन्दा प्रति ब्यारेल ३–४ डलर कम हुन सक्छ । यो छुट सेप्टेम्बरको अन्त्यमा र अक्टोबर महिनामा प्राप्त गर्न सकिने छ । गत हप्ता यो छुट प्रति ब्यारेल २ डलर ५० सेन्ट थियो र जुलाई महिनामा यो प्रति ब्यारेल १ डलर थियो ।
गत महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि ५० प्रतिशत कर लगाएका थिए, जसमध्ये २५ प्रतिशत कर रुसबाट कच्चा तेल खरिद गर्न बन्द नगरेकै कारण लगाइएको थियो । भारतले रुसबाट कच्चा तेल खरिद गरेर युक्रेन युद्धलाई आर्थिक सहयोग गरिरहेको आरोप अमेरिकाले लगाएको थियो ।
करले भारतमाथि आर्थिक दबाब परेको छ, तर यदि रुसबाट कच्चा तेलमा थप छुट दिइयो भने निश्चित रूपमा भारतमाथि आर्थिक दबाब केही हदसम्म कम हुनेछ । मिडिया रिपोर्टका अनुसार सेप्टेम्बर महिनामा भारतले रुससँग अगस्ट महिनाको तुलनामा १०–२० प्रतिशत धेरै तेल किनेको थियो ।
भारतले रुससँग १ लाख ५० हजार देखि ३ लाख ब्यारेल अरू तेल किनेको थियो । थप छुटपछि यो आँकडा अरू बढ्न सक्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण