आन्दोलनरत शिक्षकद्वारा राप्रपा कार्यालयमा धर्ना
बुधबार, १८ भदौ २०८२, १४ : ०६
सारांश
- शिक्षकहरूले विद्यालय शिक्षा विधेयकको विरोध गर्दै राप्रपा कार्यालयमा धर्ना दिए।
- नेपाल शिक्षक महासंघले सहमति कार्यान्वयन नभएको भन्दै आन्दोलन गरेको हो।
- अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भदौ २१ गते दोस्रो चरणको आन्दोलन घोषणा गर्ने बताए।
काठमाडौँ । विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत शिक्षकहरूले राप्रपा कार्यालयमा धर्ना दिएका छन् ।
आफूहरूसँग भएको सहमति पूर्ण रूपमा कार्यान्वयन नगरिएको भन्दै नेपाल शिक्षक महासङ्घले बुधबार धुम्वाराहीस्थित राप्रपा कार्यालयमा धर्ना दिएका हुन् ।
विधेयकमा उल्लेख धेरै विषय सकारात्मक रहेपनि शिक्षक कर्मचारीका मुख्य सरोकार र यसअघि भएको सहमतिमा रहेका धेरै विषयहरू अझै पनि सम्बोधन हुन नसकेको आन्दोलन गर्नुपरेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए । आफ्ना माग मुद्दाहरू समेटिने गरी संसद्मा छलफल गर्नका लागि ध्यानाकर्षण गराउन महासङ्घले राजनीतिक दलका कार्यालयमा धर्ना दिएको उनको भनाई थियो ।
अध्यक्ष सुवेदीले भदौ २१ गते दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
-
अर्जेन्टिना पराजित भएपछि ब्युनस आयर्समा झडप, १५ जना पक्राउ
-
‘मोबाइल फोन प्रसारण प्रणाली’ मार्फत विपद्को पूर्वसूचना दिने तयारी
-
काठमाडौं उपत्यकाको ढल निकास सुधार्ने विषयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण