शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सवारी दुर्घटनामा चार जनाको मृत्यु

बुधबार, १८ भदौ २०८२, १४ : ३४
बुधबार, १८ भदौ २०८२

सारांश

  • विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ।
  • तनहुँ, नवलपरासी पूर्व, बझाङ र सिन्धुलीमा भएका दुर्घटनामा स्कुटर, कन्टेनर, जेसिवी र बस दुर्घटनामा परेका थिए।
  • घाइतेहरूको उपचार भइरहेको छ र प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ।

काठमाडौं । विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । 
प्रहरी प्रधान कार्यालयका अनुसार तनहुँको म्याग्दे गाउँपालिका-१ थर्पु बजारस्थित सडकमा ग.२१ प ३०३६ नम्बरको स्कुटर र ग.२३ प ८००७ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई मंगलबार राति दुर्घटना हुँदा ग.२१ प ३०३६ नम्बरको स्कुटर चालक सोही गाउँपालिका-७ बस्ने ३२ वर्षीय बिजय थापा क्षेत्रीको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ग.२३ प ८००७ नम्बरको स्कुटर चालकको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ । 

यसैगरी नवलपरासी पूर्वको देवचुली नगरपालिका-१५ लोकहास्थित सडकमा ना.२ क ११९ नम्बरको कन्टेनर र प्र.२-०३-००१ ख ४०५६ नम्बरको ट्रक एकआपसमा ठक्कर खाई मंगलबार राति दुर्घटना हुँदा कन्टेनर चालक नवलपरासी पश्चिम सुस्ता गाउँपालिका-१ बस्ने ३० वर्षीय माधव पंगेनीको मृत्यु भएको छ ।

 दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका कन्टेनरका सहचालक र ट्रक चालकको एलाइभ अस्पताल भरतपुरमा उपचार भइरहेको छ । 

बझाङको सुर्मा गाउँपालिका-३ गैरीगाउँस्थित सडकमा से.१ ग १४६ नम्बरको जेसिवी मंगलबार राति दुर्घटना हुँदा चालक कैलाली धनगढी उपमहानगरपालिका-३ चटकपुर  बस्ने ३० वर्षीय रण बहादुर नेगीको मृत्यु भएको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका-९ नयाँबस्तीस्थित सडकमा ग.२ ख ११४१ नम्बरको बसले बा.१६ प ७३३६ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक काभ्रे भुम्लु गाउँपालिका-९ घर भएका १८ वर्षीय सौगात माझीको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको मृत्यु भएको   हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप