माओवादी केन्द्रसम्बद्ध जातीय मुक्ति मोर्चाको संयुक्त सम्मेलन ७ सेप्टेम्बरमा, शीर्ष नेताहरू बेलायतमा
लन्डन । नेकपा माओवादी केन्द्र सम्बद्ध जातीय मुक्ति मोर्चाहरूको बेलायत शाखाले आगामी ७ सेप्टेम्बरमा अल्डरसटस्थित द प्यालेस रेस्टुरेन्टमा आयोजना गर्ने संयुक्त सम्मेलनका लागि पार्टीका शीर्ष नेताहरू बेलायत आइपुगेका छन् ।
सम्मेलनका प्रमुख अतिथि केन्द्रीय सचिव, पूर्वमन्त्री तथा अन्तरमहादेशीय प्रवास (प्रदेश सङ्गठन समिति) इञ्चार्ज राम कार्की ‘प्रार्थ’, विशिष्ट अतिथि स्थायी समिति सदस्य एवं पूर्वसभामुख ओनसरी घर्ती मगर, तथा विशेष अतिथि किराँती राष्ट्रिय मुक्ति मोर्चा नेपालका महासचिव एवं पार्टी अन्तर्राष्ट्रिय विभाग सदस्य वसन्त राई मंगलबार राति लन्डन आइपुगेका हुन् ।
तीनै नेताहरू राति ११ बजे हिथ्रो विमानस्थलमा अवतरण गर्दा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्णकुमार राई, नेपाली जनप्रगतिशील मञ्च बेलायतका सचिव कपिल राई र मगर सङ्घ बेलायतका प्रतिनिधिहरूले स्वागत गरेका थिए ।
आयोजक समितिका सचिव कपिल राईका अनुसार सम्मेलन बिहान ११ बजे सुरु हुनेछ । सम्मेलनसँगै विभिन्न अन्तरक्रिया, छलफल तथा भेटघाट कार्यक्रम पनि आयोजना गरिने उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको महाधिवेशन स्थल जलमग्न (तस्बिरहरू)
-
हास्य कलाकार खेम शर्मा `चतुरे´को निधन
-
कालीगण्डकी किनारलाई धार्मिक–पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पदमार्ग निर्माण
-
इक्वेडर र कुरासाओ गोलरहित बराबरीमा रोकिए, दुवै टोलीको नकआउट चरण पुग्ने सम्भावना कठिन
-
पोखरा रङ्गशालामा सामूहिक योग कार्यक्रम (तस्बिरहरू)
-
‘ट्रिलिनेयर’हरुको युगमा लोकतन्त्र खतरामा छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण