रुसले युक्रेनमा बढायो हमला : ५०० भन्दा धेरै ड्रोन लञ्च, मिसाइल पनि प्रहार
बुधबार, १८ भदौ २०८२, १९ : १८
मस्को । मंगलबार राति अबेर रुसले युक्रेनमा अहिलेसम्मकै सबैभन्दा ठुलो आक्रमण गरेको छ ।
युक्रेनी अधिकारीहरूका अनुसार रुसले एकैसाथ ५०० भन्दा बढी ड्रोन र लगभग दुई दर्जन मिसाइल प्रहार गरेको छ । आक्रमण पश्चिम र मध्य युक्रेनमा गरिएको हो । आक्रमणमा परेर कम्तिमा पाँच जना घाइते भएको युक्रेनको हवाइ बलले भनेको छ । यसको मुख्य निशाना नागरिक पूर्वाधार, विशेष गरी ऊर्जा केन्द्रहरू थिए ।
जाडो नजिकिँदै गरेको अनि तीन वर्ष लामो युद्धले युक्रेनको बिजुली र जाडोमा तातो रहन सघाउने प्रणालीलाई पहिले नै नराम्रो असर पारेकै समयमा यो आक्रमण भएको हो । युक्रेनमा युद्धविराम गर्ने र आमने सामने बसेर वार्ता गर्ने भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्ताव युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले स्वीकार गरेको भए पनि रुसले यसमा आपत्ति जनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण