ललितपुरमा बसबाट खसेर महिलाको मृत्यु
काठमाडौँ । ललितपुरमा बसबाट खसेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिका–६ बस्ने ४५ वर्षीया गीता तिमल्सिना रहेकी छन् ।
मंगलबार टिकाभैरव पुलस्थित सडकमा प्रदेश ३–०१–००५ ख ९३४६ नम्बरको बसबाट खसेर तिमल्सिना गम्भीर घाइते भएकी थिइन् ।
उनको पाटन अस्पतालमा थप उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता, रूपन्देहीको बुटवल उपमहानगरपालिका–११ देवीनगरस्थित सडकमा रङ्गशाला पथबाट मगरघाटतर्फ जाँदै गरेको लु.३७ प ७३८६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७४ वर्षीय किसन श्रेष्ठको बुधबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिंकर भञ्ज्याङको सीमा स्तम्भमा फहराइयो राष्ट्रिय झण्डा
-
खेल पूर्वाधारमा ३० करोड खर्चिँदै सरकार, तर यो वर्ष पनि सकिएन प्रादेशिक रङ्गशालाको काम
-
अमेरिकी प्रशान्त टापुहरू नजिक ‘अत्यन्त खतरनाक’ आँधीको जोखिम
-
लुम्बिनीमा बजेटमाथिको सैद्धान्तिक छलफल सकियाे, सोमबार र मङ्गलबार मन्त्रालयगत छलफल
-
इन्टर मियामीको नजरमा केप भर्डेका गोलरक्षक भोजिन्हा
-
सुकुमबासीको चमेली बोल्दिने कोही छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण