ललितपुर जिल्ला अदालतमा मितेरी सहकारी ठगी मुद्दाको थुनछेक बहस
सारांश
- ललितपुरको मितेरी सहकारी ठगी मुद्दामा कुम्भराज गुरुङको बयान सकिएपछि थुनछेक बहस सुरु हुँदैछ।
- यसअघि अदालतले दुई अभियुक्तलाई थुनामा पठाएको थियो भने एक जना धरौटीमा छुटेका थिए।
- सहकारी ठगी मुद्दामा ८ जना प्रतिवादीमध्ये प्रहरीले ३ जनालाई पक्राउ गरेको थियो, जसमा ज्योति गुरुङसहित ४ जना फरार छन्।
काठमाडौँ । ललितपुरको मितेरी सहकारी ठगी मुद्दामा प्रतिवादी बनाइएका कुम्भराज गुरुङ अदालतमा उपस्थित भएर बयान सकिएपछि थुनछेक बहस सुरु हुँदै छ ।
ललितपुर जिल्ला अदालतका न्यायाधीश निर्मला योङयाको इजलासमा बयान सुरु हुन लागेको हो । अदालतमा उपस्थित भएका गुरुङको बयान सकिएपछि थुनछेक बहस हुन लागेको हो । थुनछेक बहस सकिएपछि अदालतले थुनामा पठाउन सक्ने या धरौटी लिएर छाड्न आदेश दिन सक्नेछ ।
यसअघि न्यायाधीश योङयाकै इजलासले तीन अभियुक्त मध्ये दुई जनालाई थुनामा पठाउन र एक जनालाई धरौटीमा छाड्ने आदेश दिएको थियो ।
अदालतले सुरेश अधिकारीलाई ७ लाख धरौटीमा छाडने आदेश गरेको छ भने ज्योतिबहादुर भण्डारी र सुवास खत्रीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।
सहकारी ठगी मुद्दामा ८ जना प्रतिवादी बनाइएकोमा प्रहरीले ३ जना मात्र पक्रेर अदालतमा पेस गरेको थियो । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको पूर्वपत्नी ज्योति गुरुङसहित ४ जना फरार छन् ।
ललितपुरमा कार्यालय रहेको मितेरी सहकारीका अध्यक्ष कुम्भराज गुरुङ, महाप्रबन्धक ज्योति गुरुङ र पक्राउ परेका ३ जना सहित ८ जनालाई प्रतिवादी कायम गरेर मुद्दा दायर गरिएको थियो ।
सहकारीको रकम अपचलनमा प्रहरीले ज्योति गुरुङ र भण्डारीसँग १७ करोड बिगो मागदाबी लिइएको थियो ।ज्योति बहादुर भण्डारीसँग ‘कनेक्सन’ देखिएका सुरेश अधिकारी र सुवास खत्रीलाई प्रहरीले राष्ट्र बैङ्क ऐन र हुण्डी सम्बन्धी कसुरमा थप १३ करोड बिगो मागदाबी गरिएको थियो ।
धेरैजसो थाइल्यान्ड र कम्बोडियामा बस्ने भण्डारीले ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचतको रकम मात्रै ठगेनन् ।
‘आकर्षक व्याज’को लोभ देखाएर सहकारीका अध्यक्ष कुम्भराज गुरुङ र महाप्रबन्धक ज्योति गुरुङसँग व्यक्तिगत रूपमा करोडौं ठगेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धान निष्कर्ष छ ।
मितेरीको सावाँ ब्याज सहित १४ करोड र सहकारीका पदाधिकारीबाट थप रकम समेत गरेर उनले २२ करोड रुपैयाँ ठगेको भेटिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण