सर्पदंश उपचार केन्द्र नहुँदा समयमा उपचार हुन सकेन, १३ वर्षीय बालकको मृत्यु
सारांश
- कैलालीको लम्कीचुहा नगरपालिकामा सर्पको टोकाइबाट १३ वर्षीय बालकको मृत्यु भयो।
- बालकलाई टीकापुर अस्पतालमा उपचारपछि नेपालगन्ज र कोहलपुर रिफर गरियो, तर भेन्टिलेटर नपाएपछि भेरी अस्पतालमा उनको निधन भयो।
- स्थानीयले लम्कीचुहामै सर्पदंशको उपचार भएको भए बालकको ज्यान बच्ने बताएका छन्, परिवारले अस्पतालको लापरबाहीको आरोप लगाएका छन्।
धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका–१ मा सर्पको टोकाइबाट एक बालकको ज्यान गएको छ।
स्थानीय बाल कल्याण माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत १३ वर्षीय सुवास विकको सर्पदंशका कारण मृत्यु भएको हो। गत भदौ १३ गते राति करिब साढे १० बजेतिर आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा उनलाई सर्पले टोकेको थियो।
परिवारका अनुसार उनलाई करेत सर्पले दाहिने हातको औँलामा डसेको थियो। घटना लगत्तै उनलाई उपचारका लागि टीकापुर अस्पताल लगिएको थियो। त्यहाँ एन्टिस्नेक भेनम दिइए पनि भेन्टिलेटरको अभाव रहेको भन्दै अस्पतालले नेपालगन्ज रिफर गर्यो।
परिवारजनले उनलाई कोहलपुर मेडिकल कलेज लगे पनि त्यहाँ भेन्टिलेटर खाली नभएको बताइएको थियो। त्यसपछि भेरी अस्पताल र अन्य निजी अस्पतालमा पनि भेन्टिलेटर नपाएपछि एक न्युरो अस्पतालमा भर्ना गरिएको थियो।
भोलिपल्ट दिउँसो ३ बजेतिर भेरी अस्पतालमा सारिएका सुवासको उपचारकै क्रममा ज्यान गएको हो। पीडित परिवारले समयमै उपचार नपाउँदा र अस्पतालहरूको लापरबाहीका कारण सुवासको ज्यान गएको आरोप लगाएका छन्।
लम्कीचुहामै सर्पदंशको उपचार हुने व्यवस्था भएको भए १०–१५ मिनेटमै उपचार सम्भव हुने र बालकको ज्यान बच्ने स्थानीयको भनाइ छ।
'लम्कीमै भएको भए त अहिले बाँच्थ्यो नि त,' उनका आफन्तले भने, 'यहाँबाट लम्की जान १०–१५ मिनेटको बाटो हो।' छिमेकी पालिका बर्दगोरियामा स्थापना भएको अस्पतालले सर्पदंशको उपचार सुरु गरिसकेको भए पनि लम्कीचुहामा यो सुविधा नहुँदा यस्तो दुखद घटना घटेको स्थानीयले बताएका छन्।
सुवास परिवारका एक्ला छोरा थिए। उनको निधनले परिवार शोकमा डुबेको छ। `बुवा, म पानीपुरी खान जान्छु,' घटना भएको दिन दिउँसो ४ बजेतिर बुवासँग भएको अन्तिम कुराकानी सम्झँदै सुवासका बुवाका असहाय पिडामा छन्।
` नजिकै सर्पदंश उपचार केन्द्र भए, छोरालाई बचाउन सकिन्थ्यो ,` उनले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण