नक्साङ्कन कार्यमा समय सीमा थप गर्न सांसद राणाको आग्रह
काठमाडौँ । नेपाली कांग्रेसका सांसद उदय शमशेर राणाले भू–उपयोग ऐन २०७६ र नियमावली २०७९ अनुसार स्थानीय तहमा अनिवार्य रूपमा गर्नुपर्ने नक्साङ्कन कार्य समयमै सम्पन्न गर्न नसकिएको भन्दै समय सीमा थप गर्न सरकारलाई आग्रह गरेका छन् ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसद राणाले समय थप्न माग गरेका हुन् ।
राणाले हालसम्म देशभरका २१३ स्थानीय तहले मात्र नक्साङ्कन कार्य पूरा गरेको बताए । विशेष गरी सहरी क्षेत्रमा प्रक्रिया जटिल भएकाले तोकिएको अवधिभित्र काम सम्पन्न गर्न नसकिएको राणाले बताए ।
“समय सीमा छोटो हुँदा जनतामा जसरी पनि नक्साङ्कन र कित्ता काट गर्नुपर्ने बाध्यता सिर्जना भएको छ। यसले भ्रष्टाचारजन्य गतिविधि बढाउनुका साथै नागरिकलाई समस्या मात्र होइन, राजस्व असुलीमा समेत अवरोध पुगेको छ,” राणाले भने ।
उनले सहज, पारदर्शी र प्रभावकारी ढङ्गले नक्साङ्कन र कित्ता काटको व्यवस्था मिलाउन सरकारले आवश्यक कदम चाल्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण