दोहोरीबाट दुई बालिकाको उद्धार, सञ्चालकलाई उन्मुक्ति दिन चलखेल
काठमाडौं । ललितपुरको बालकुमारीमा सञ्चालित कोन्ज्योसोम दोहोरीबाट दुई किशोरीको उद्धार गरिएको छ । बुधबार राति प्रहरीले दोहोरीमा काममा लगाइएका १७ वर्षीया दुई किशोरीहरूलाई उद्धार गरेको हो ।
बालिकाहरूलाई श्रममा लगाउने उक्त दोहोरीका सञ्चालकद्वय कोन्ज्योसोम गाउँपालिका–४ घर भएका ५४ वर्षीय तारा कुमार स्याङ्तान, ४२ वर्षीय शुकुमान लोप्चन तामाङ पनि पक्राउ परेका थिए । तर, उनीहरूलाई मुद्दा नचलाएर छुटाउन चलखेल भइरहेको छ ।
सातदोबाटोका डीएसपी रामकुमार यादवले उनीहरूलाई अनुसन्धानको दायारामा नल्याई रिहा गर्ने तयारी गरेका हुन् । उमेर पूरा नभएकाहरूलाई काममा लगाउँदा मानव बेचबिखनसम्बन्धी कसुरमा कारबाही हुने कानुनी व्यवस्था छ ।
दोहोरी सञ्चालकद्वयलाई उन्मुक्ति दिन खोजिएको बारे प्रहरी वृत्त सातदोबाटोका डीएसपी रामकुमार यादवले भने, ‘म बाहिर थिएँ, कार्यालयमा के भएको छ बुझौंला ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण