कर्मचारीले कुनै पनि पार्टीको आदेश मानेर काम गर्नु हुँदैन : शेरबहादुर देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारीले कुनै पनि पार्टीको लागि काम गर्न नपाइने बताएका छन् ।
बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।
उनले कर्मचारीले कुनै पार्टीको लागि नभई समग्र देश र जनताको लागि काम गर्नुपर्ने बताए । देश, राष्ट्र, विधानअनुसारको काम गर्न कर्मचारीहरूलाई सभापति देउवाले निर्देशन समेत दिए ।
निर्वाचनमा कसलाई मत दिने भन्ने कुरा व्यक्तिगत कुरा भएको उल्लेख गर्दै पार्टीको आदेश मानेर कर्मचारीले काम गर्न नहुने बताए ।
सभापति देउवाले भने, ‘संसद्मा सबैभन्दा ठुलो पार्टी हाम्रो छ त्यसकारण हामीले तपाईँहरूका कुराहरू लागू गर्न सक्दछौँ । हामी अरू पार्टीलाई पनि सहभागी गराउन सक्छौँ । कर्मचारीको हक हित हेर्ने हो । कर्मचारीले कुनै पनि पार्टीको लागि काम गर्न पाइँदैन । देशको, राष्ट्रको, विधानको अनुसार देशको काम गर्ने हो । कुनै पार्टीको लागि काम गर्ने होइन । चुनावमा कसलाई भोट दिने कसलाई नदिने उसको कुरा हो त्यो । तर पार्टीको आदेश मान्ने होइन ।’
सभापति देउवाले सरकारी सेवाहरू चुस्त र दुरुस्त बनाउन कर्मचारीहरू क्रियाशील हुनुपर्ने बताए । उनले २१ औँ शताब्दीको आकाङ्क्षाअनुरूप जनतालाई छिटो, छरितो सेवा दिनुपर्ने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण