पदाधिकारी बैठक
मध्यपहाडी लोकमार्ग अभियान प्रभावकारी बनाउने माओवादी निर्णय
बिहीबार, १९ भदौ २०८२, १६ : ०२
सारांश
- माओवादी केन्द्रले २१ गतेबाट सुरु गर्ने मध्य पहाडी लोकमार्ग अभियानलाई उपलब्धिमूलक बनाउने निर्णय गरेको छ।
- पदाधिकारी बैठकमा कार्यक्रमको मोडालिटी र गुट उपगुटबारे छलफल भएको थियो।
- एकतामा आएका नेताहरूको कार्यविभाजन, अभियान र महिला सम्मेलनबारे पनि छलफल भयो।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले २१ गतेबाट सुरु गर्ने मध्य पहाडी लोकमार्ग अभियान उपलब्धिमूलक बनाउने निर्णय गरेको छ । बिहीबार बसेको पदाधिकारी बैठकपछि प्रवक्ता अग्नि सापकोटाले कार्यक्रमको मोडालिटीमा छलफल गर्दै त्यसलाई उपलब्धिमूलक बनाउने निर्णय भएको जानकारी दिए ।
‘स्थायी कमिटीले निर्णय गरेका विषयमा छलफलमात्र भयो’, उनले भने– ‘गुट उपगुट जस्ता विषय नरोकिए अनुशासनको दायरामा ल्याउने विषयमा छलफल मात्र भयो । पछि निर्णय गर्ने कुरा भएको छ’, सापकोटाले एकतामा आएका नेताहरूको कार्यविभाजन, अभियान, महिला सम्मेलन छलफल भएको बताए ।
उनले भने– ‘अभियानका सन्दर्भमा ठुला सभाभन्दा पनि भित्रै अन्तरक्रिया, अन्तरसंवाद गर्ने कुरा ठिक हुन्छ भन्ने भयो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण