ए डिभिजन लिग सञ्चालनका लागि सरोकारवालाहरुसँग एन्फाको छलफल
सारांश
- ए डिभिजन लिग सञ्चालनबारे एन्फाले जिल्ला तथा प्रदेशका अध्यक्षहरूसँग छलफल गर्यो।
- लिग २०८२ पौष ९ गतेबाट उपत्यकाबाहिर डबल राउन्ड रोबिन ढाँचामा सञ्चालन हुनेछ।
- मार्केटिङ, पूर्वाधार, सुरक्षा लगायतका विषयमा छलफल गर्दै सुझाव संकलन गरियो।
काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग सञ्चालनका लागि प्रस्तावित खेल मैदान रहेका जिल्ला तथा प्रदेशका अध्यक्ष, जिल्ला पदाधिकारी, मैदान भएका ठाउँका केन्द्रीय सदस्यहरूबिच अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले छलफल गरेको छ । २०८२ पौष ९ गतेबाट लिग सञ्चालन हुँदैछ ।
आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले क्लबहरूसँग सम्पन्न छलफलबारे अध्यक्षहरूलाई जानकारी गराउँदै एन्फाको योजनाअनुसार ए डिभिजन लिगलाई उपत्यकाबाहिर लगेर डबल राउन्ड रोबिन ढाँचामा सञ्चालन गर्ने तयारी रहेको प्रस्ट पारे।
बैठकमा लिगको सञ्चालनका लागि मार्केटिङ, मैदानको तयारी, आवश्यक पूर्वाधार सुधार, खेल मैदानको अवस्था, सुरक्षा व्यवस्थापन, दर्शक व्यवस्थापन, प्राविधिक लगायत विविध पक्षमा गर्नुपर्ने तयारीबारे विस्तृत छलफल गरिएको थियो।
जिल्लाका अध्यक्षहरूले आफ्ना आफ्ना मैदानको अवस्था, समस्या र समाधानका उपायहरू प्रस्तुत गरेका थिए भने एन्फाले लिगलाई व्यवस्थित, प्रतिस्पर्धात्मक र दर्शकमैत्री बनाउन सक्ने उपायहरूको सुझाव सङ्कलन गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण